
काठमाडौं,२३ असार । अमेरिकी पुरस्कार ईन पर्सन रिपोर्टर्स अवार्डद्धारा मानव बेचबिखनबिरुद्धको अभियान शक्ति समुह परिवारकी कार्यकारी निर्देशक सुनिता दनुवार सम्मानित हुनुभएको छ ।
शक्ति समूहले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अमेरिकी सरकारको प्रतिष्ठित टिप हिरो–२०१८ सम्मानबाट सुनिता दनुवार सम्मानित भएको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै सम्मानीत सुनिता दनुवारले उक्त सम्मानले अझै मानव बेचबिखनको बिरुद्धमा लड्नको लागि हौसला प्रदान गरेको बताउनुभयो । अवार्डले महिला शसक्तिकरण र प्रभावितहरुलाई पुर्नस्थापना गर्ने काममा लाग्न झनै ठूलो हौसला मिलेको उहाको भनाई छ ।
अनेकन बाहनामा नेपाली चेलीबेटीहरु भारत, खाँडी मुलुक र अन्य तेस्रो मुलुकहरुमा बेचिन पुगेको भन्दै उहाले यस्तो बिकराल स्थितिको अन्त्य गर्नुको विकल्प नरहेको जिकिर गर्नुभयो ।
अस्थिर राजनीति, बेरोजगार, शिक्षाको कमी, प्रेम बिवाहजस्ता कुराहरुका कारण नेपाली यूवतीहरु अत्याचारको भुमरीमा फसेको बताउँदै सम्मानित भएकी दनुवारले एकसय ५० जनाको उद्धार, ७ सय बढिको पुुनःस्थापना गरेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा शक्ति समूहले मानव बेचबिखन नेपालको लागि मात्रै नभई विश्वकै डरलाग्दो विषय भएको भन्दै यसमा हातेमालो गर्न सरकारसंग आग्रह गरेको छ । १ सय ८० देश मध्येबाट छानिएका १० जना समाजिक अभियन्ताहरुबाट सुनिता दनुवार टिप हिरो बन्न सफल भएको बताईएको छ ।



















प्रतिक्रिया दिनुहोस्