
बारा, २३ असार । बाराको कलैयामा अज्ञात समूहले एकजना किशोरीको हत्याको प्रयास गरेको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर–२, अवधापुरका रामदेव पटेलकी छोरी प्रितीकुमारीलाई शनिबार दिउँसो घाँटी रेटी हत्याको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।
घरमा सुतिरहेको बेला दिउँसो १ बजेतिर घरको दुई तल्लामाथि चढेर उनको हत्याको प्रयास गरिएको बाराका प्रहरी नायब उपरीक्षक रंजितसिँह राठौरले जानकारी दिनुभयो ।
घाइते किशोरीको कलैया अस्पतालमा उपचार भइरहेको छ । किशोरी घरमा एक्लै भएको बेला घटना भएको हो ।



















प्रतिक्रिया दिनुहोस्