
काठमाडौं, २३ असार । राजधानीको शंखमुलमा शनिबार बिहान बा ८० प ११५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा अन्दाजी ३० वर्षीय युवकको मृत्यु भएको छ । उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएका उनको सनाखत हुन सकेको छैन ।
२१ वर्षीय रोमन बस्नेत गम्भीर घाइते छन् । प्रहरीका अनुसार उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।



















प्रतिक्रिया दिनुहोस्