
काठमाडौँ, २१ असार । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठकमा कार्यदलले दिएको नियमावलीमाथि सुझाव संकलन गर्ने र अन्तिम रुप दिनेबारे छलफल भईरहेको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बिषयमा औपचारिक धारणा बनाउने नेकपाले जनाएको छ ।
सरकारको काम कारवाही तथा समसामयिक राजनीतिक अवस्थाबारे रिपोर्टिङ गर्ने पनि स्थायी कमिटीको एजेन्डा छ । बैठकमा सरकारको काम कारवाहीबारे प्रतिपक्षी दल कांग्रेसको आरोपका बिषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकमा दुवै पार्टी अध्यक्षले रिपोर्टिङ गर्नेछन । पार्टीको सांगठनिक एकताको सन्दर्भमा पछि बैठकमा छलफल हुनेछ ।



















प्रतिक्रिया दिनुहोस्