ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुल निर्माण नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य


bhawani desk
असार २१, २०७५ बिहीबार   ३ : २७   बजे

झापा, २१ असार । सरकारी निकाय र सरोकारवालाहरुको बेवास्ताका कारण झापा अर्जुनधारा–१ स्थित ठूलो नेते खोलामा पुल निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दा वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

अर्जुनधारा–१ र २, इलाम जिल्लाको दक्षिणी भेगमा रहेको रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका केही वडा गरी अनुमानित एक हजार ५०० घरधुरीका परिवार प्रत्यक्ष लाभान्वित हुने सो खोलामा पुल निर्माण हुनु अति आवश्यक भएको स्थानीयवासी बताउँछन् ।

वर्षाको समयमा समस्या आउँदा पुल निर्माणको कुरा हुने तर वर्षा सकिदा कुरा पनि सकिने गरेको स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष अम्बरबहादुर सुवेदीले बताउनुभयो ।

सो खोलामा पुल नहुँदा दैनिक सञ्चालन हुने यातायातका साधनहरु, विद्यालय आउने विद्यार्थी, बिरामी लिएर आउने एम्बुलेन्स र दैनिक आवतजावत गर्ने स्थानीयवासीलाई मुख्य समस्या हुने गरेको उहाँको गुनासो थियोे ।

त्यसैगरी, रोङ गाउँपालिका–२ स्थित बरफल्याङ निवासी जगतनिधि घिमिरेले गत वर्षको बाढीमा आफू मोटरसाइकलसहित करीब ५० मिटर बगेको जानकारी गराउँदै सो खोलामा पक्की पुल आवश्यक भएको बताउनुभयो ।

कृषि सडकअन्तर्गत पर्ने सो खोलाको पुल निर्माण भए सबै समयमा कृषिजन्य सामग्री ल्याउन पनि सहज हुने उल्लेख गर्दै स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका सचिव रंगलाल मिश्रले भन्नुभयो, सरकारी निकायको नजर नपरेका कारण पुल निर्माण हुन सकेन ।

पुल निर्माण गर्ने विषयमा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानासँग बुझ्दा रोङ गाउँपालिका र नगरपालिकाको सहकार्यमा आन्तरिक स्रोतबाट आगामी आर्थिक वर्षमा पुल निर्माण गर्ने जानकारी दिनुभयो ।

यता रोङ गाँउपालिकाका अध्यक्ष शमशेर राई अनुमानित रु दुईदेखि तीन करोड पुल निर्माणमा लाग्ने भएको ठूलो लगानी स्थानीय तहले मात्र जुटाउन नसक्ने हुँदा दुवै तहको प्राथमिकतामा राखी प्रदेश र संघमा योजना पठाउने बताउनुभयो ।

फड्के पुल निर्माण हुँदै 

स्थानीय हलुवागढ, अर्जुनधारा–२ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूह र रोङ गाउँपालिका–२ स्थित बरफल्याङ सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा ठूलो नेते खोलामा १५० फिट लामो फड्के पुल निर्माण भइरहेको छ ।

वर्षाको समयमा स्थानीयवासी, दुई पाङ्ग्रे सवारी साधनलाई आवातजावतमा सहज होस् भन्न उद्देश्यले समूहको संयुक्त पहलमा रु चार लाखको लगानीमा सो पुल निर्माण भइरहेको सचिव मिश्रले जानकारी दिनुभयो ।

उक्त पुलको दुवै भागमा आवश्यक जाली वडा समितिले उपलब्ध गराउने अर्जुनधारा–१ वडा समितिका सदस्य माधव आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

Why Doesn’t Balen Like Parliament?

Balen Style : Questions Swirl Around Nepal’s E-Passport Investigation

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group