ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुल निर्माण नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य


bhawani desk

झापा, २१ असार । सरकारी निकाय र सरोकारवालाहरुको बेवास्ताका कारण झापा अर्जुनधारा–१ स्थित ठूलो नेते खोलामा पुल निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दा वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

अर्जुनधारा–१ र २, इलाम जिल्लाको दक्षिणी भेगमा रहेको रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका केही वडा गरी अनुमानित एक हजार ५०० घरधुरीका परिवार प्रत्यक्ष लाभान्वित हुने सो खोलामा पुल निर्माण हुनु अति आवश्यक भएको स्थानीयवासी बताउँछन् ।

वर्षाको समयमा समस्या आउँदा पुल निर्माणको कुरा हुने तर वर्षा सकिदा कुरा पनि सकिने गरेको स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष अम्बरबहादुर सुवेदीले बताउनुभयो ।

सो खोलामा पुल नहुँदा दैनिक सञ्चालन हुने यातायातका साधनहरु, विद्यालय आउने विद्यार्थी, बिरामी लिएर आउने एम्बुलेन्स र दैनिक आवतजावत गर्ने स्थानीयवासीलाई मुख्य समस्या हुने गरेको उहाँको गुनासो थियोे ।

त्यसैगरी, रोङ गाउँपालिका–२ स्थित बरफल्याङ निवासी जगतनिधि घिमिरेले गत वर्षको बाढीमा आफू मोटरसाइकलसहित करीब ५० मिटर बगेको जानकारी गराउँदै सो खोलामा पक्की पुल आवश्यक भएको बताउनुभयो ।

कृषि सडकअन्तर्गत पर्ने सो खोलाको पुल निर्माण भए सबै समयमा कृषिजन्य सामग्री ल्याउन पनि सहज हुने उल्लेख गर्दै स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका सचिव रंगलाल मिश्रले भन्नुभयो, सरकारी निकायको नजर नपरेका कारण पुल निर्माण हुन सकेन ।

पुल निर्माण गर्ने विषयमा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानासँग बुझ्दा रोङ गाउँपालिका र नगरपालिकाको सहकार्यमा आन्तरिक स्रोतबाट आगामी आर्थिक वर्षमा पुल निर्माण गर्ने जानकारी दिनुभयो ।

यता रोङ गाँउपालिकाका अध्यक्ष शमशेर राई अनुमानित रु दुईदेखि तीन करोड पुल निर्माणमा लाग्ने भएको ठूलो लगानी स्थानीय तहले मात्र जुटाउन नसक्ने हुँदा दुवै तहको प्राथमिकतामा राखी प्रदेश र संघमा योजना पठाउने बताउनुभयो ।

फड्के पुल निर्माण हुँदै 

स्थानीय हलुवागढ, अर्जुनधारा–२ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूह र रोङ गाउँपालिका–२ स्थित बरफल्याङ सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा ठूलो नेते खोलामा १५० फिट लामो फड्के पुल निर्माण भइरहेको छ ।

वर्षाको समयमा स्थानीयवासी, दुई पाङ्ग्रे सवारी साधनलाई आवातजावतमा सहज होस् भन्न उद्देश्यले समूहको संयुक्त पहलमा रु चार लाखको लगानीमा सो पुल निर्माण भइरहेको सचिव मिश्रले जानकारी दिनुभयो ।

उक्त पुलको दुवै भागमा आवश्यक जाली वडा समितिले उपलब्ध गराउने अर्जुनधारा–१ वडा समितिका सदस्य माधव आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com