ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

सडक विस्तारको वातावरणीय प्रभाव मूल्याङ्कन गरिँदै


bhawani desk
असार १९, २०७५ मंगलबार  २ : २५ बजे

भक्तपुर, १९ असार । सूर्यविनायक–धुलिखेल सडकखण्डको स्तरोन्नति तथा विस्तार कार्यको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अन्तिम चरणमा पुगेको छ ।

भक्तपुर नगरपालिकाले उक्त सडकखण्डको इआइएका बारेमा छलफल गर्न आज आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा अन्तक्र्रिया कार्यक्रममा नगर उपप्रमुख रजनी जोशीले सडक विस्तार र स्तरोन्नतिका क्रममा ढल निकास र खानेपानीको पाइपलाइन व्यवस्थित गर्न पहल भइरहेको बताउनुभयो ।

सडक विस्तारबारे सुझाव संकलनसमेत भइरहेको छ । भक्तपुर नगरलाई पैदलमैत्री नगर बनाउने तथा साइकलन लेनसहितको पदमार्ग बनाउने योजना अगाडि बढाएको उहाँले बताउनुभयो ।

भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष एवं निर्माण समितिका संयोजक उकेश कवाँले सडक विस्तार गर्न सडक मापदण्डको संरचना र पुराना घरको मुआब्जाको समस्या आएको बताउनुभयो । सरकारले ऋण सहयोगमा विस्तार गर्न लागेको उक्त सडक १४.९१ किलोमिटर लामो छ । साँगामा १.३ किलोमिटर सुरुङ मार्ग निर्माण गरिनेछ ।

सडक चार लेनको बनाइने छ । साँगामा सुरुङ निर्माणका साथै पुल, कलभर्ट, चौबाटोको सुधार, भिरालो सतहलाई स्थिर राख्न रिटेनिङ पर्खाल, वटुवाका लागि आकाशे पुल तथा केही स्थानमा थप जग्गा अधिग्रहण गरिने संयोजक कवाँले बताउनुभयो ।

वायु तथा ध्वनि प्रदूषण कम गर्ने आधुनिक उपकरणको प्रयोग गर्ने, नियमित पानी छर्किने, सुरुङ निर्माणस्थलबाट निस्कने धमिलो पानी प्रशोधन गरेरमात्र निष्काशन गरिने र खोलाको पानीको गुणस्तर नियमितरुपले मापन गरिने योजना छ ।

भूमिगत पानीको सतह र प्राकृतिक पानीको मूल घट्न सक्ने भएकाले सुरुङ निर्माण गर्नुभन्दा पहिले ग्राउण्ड ट्रिटमेण्ट गरिने, सुरुङ उत्खननपछि कङ्क्रिट लाइनिङ तथा सिलिङ गरिने, कृषियोग्य माटो संकलन गरी पूर्ण प्रयोगमा ल्याउने प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।

सूर्यमोड सामुदायिक वनको सडक छेउको करीब १० रोपनी क्षेत्र आयोजनाले प्रयोग गर्ने, सूर्यमोड सामुदायिक वनका १६३ वटा रुख सो क्षेत्रबाट काट्नुपर्ने र सडक क्षेत्रका ७१९ रुख कटान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

रोल्पामा वर्षमान पुन विजयी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

रोल्पामा वर्षमान पुन विजयी

रौतहट-१ मा रास्वपाका राजेशकुमार चौधरी विजयी, माधव नेपाल चौथो स्थानमा

सुनसरी-१ : हर्क साम्पाङको ५ हजार बढी मतले अग्रता

बर्दिया–१ मा रास्वपाका ठाकुरसिंह थारुको अग्रता

Breaking: Balen Shah Wins Jhapa-5 in Landslide, Defeats KP Sharma Oli

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com