ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अविरल वर्षाका कारण जनजीवन प्रभावित


bhawani desk
असार १९, २०७५ मंगलबार   ११ : २०   बजे

रोल्पा, १९ असार । सोमबार परेको अविरल वर्षाका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ ।

वर्षापछि आएको पहिरोका कारण जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ भने जिल्लाका भित्री सडकमा चल्ने यातायातका साधन आवतजावतमा समेत कठिनाइ हुंदै आएको छ ।

रोल्पा नगरपालिका–१० धवाङ सुनवाङमा रहेको एक विद्यालयको भवन पहिरोले पुरिँदा पठनपाठन प्रभावित भएको छ । गुरुदय आधारभूत विद्यालयका दुईवटा भवनमा पहिरोले असर पु¥याउँदा पठनपाठन प्रभावित भएको हो ।

दुईवटा भवनको सबै भागमा असर परेकाले सोमबार विद्यालय नै बन्द गरिएको बताइएको छ । विद्यालयका दुवै भवन क्षतिग्रस्त हुँदा पठनपाठनका लागि अन्य विकल्पसमेत नभएकाले विद्यालय बन्द गर्न बाध्य भएको विद्यालयले जनाएको छ ।

तुरुन्त उक्त भवन मर्मत नगरे वा मौसममा सुधार नआए विद्यालय अनिश्चितकालका लागि बन्द हुनसक्ने बताइएको छ । कक्षा १ देखि ३ सम्म पढाइ हुने उक्त विद्यालय भवनमा सोमबार बिहान पौने ११ बजे पहिरो खस्दा क्षति पुगेको स्थानीय शेरबहादुर थापाले जानकारी दिनुभयो ।

अविरल वर्षाकै कारण रोल्पा नगरपालिका–४ धाँसीखोला नजिक निर्माणाधीन सडकमा लगाइएको जालीसहित पहिरो खस्दा एक घरमा क्षति पुगेको छ । पहिरोका कारण रोल्पा नगरपालिका–४ का यज्ञविक्रम मल्लको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो ।

पहिरोमा परी एक बाख्रा च्यापिएर मरेको भेटियो भने अन्य दुई बाख्रासमेत च्यापिएको हुनसक्ने स्थानीयले बताएका छन्, प्रहरी नायब उपरीक्षक फुयाँलले भन्नुभयो ।

साथै, अविरल वर्षाकै कारण दक्षिण रोल्पाको रुन्टीगढी–५ सैवाङमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा सुत्केरी महिलासहित तीन जनाको मृत्यु भएको छ भने अन्य स्थानमा भौतिक तथा आर्थिक क्षति भएको छ ।

रुन्टीगढी गाउँपालिका–५, सैबाङका राजकुमार विकको घर पहिरोले पुरिँदा घरभित्र आगो ताप्दै गरेकी २२ वर्षीया सुत्केरी कमला विकको मृत्यु भएको हो । सुत्केरी कमलासँगै १८ दिनको शिशु आयुषाल र छिमेकी १५ वर्षीया किशोरी चित्रा विकको समेत पहिरोका कारण मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

शिशु आयुषाल र चित्राको घटनास्थलमै मृत्यु भएको तथा सुत्केरी कमलाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरी लैजाँदै गर्दा मृत्यु भएको पन्थीले जानकारी दिनुभयो । लामो समय भत्किएको घरभित्रै रहेकी कमलालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि स्वास्थ्य केन्द्र लैजाँदै गर्दा मृत्यु भएको हो ।

अघिल्लो दिनदेखि निरन्तर भइरहेको अविरल वर्षाका कारण घर भत्कनुअघि कसैले पनि जानकारी पाएनन् । एक्कासि घर भत्किएपछि दुर्घटना हुन पुगेको हो । प्रहरी निरीक्षक पन्थीले भन्नुभयो । पहिरोका कारण राजकुमारको छिमेकीको घर पनि जोखिममा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

Why Doesn’t Balen Like Parliament?

Balen Style : Questions Swirl Around Nepal’s E-Passport Investigation

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group