ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमसल सामग्रीका कारण कालोपत्रे उक्किएपछि स्थानीय आक्रोशित


bhawani desk
असार १८, २०७५ सोमबार   १० : २२   बजे

झापा, १८ असार । कमसल सामग्रीका कारण झापाको अर्जुनधारा–८ र बुद्धशान्ति–२ अन्तर्गत रहेको चारपाने–नारायणचोक–हात्तीकिल्ला–जयपुर सडकमा गरिएको कालोपत्रे उक्किएपछि स्थानीय आक्रोशित भएका छन् ।

कमसल सामग्रीको प्रयोग, कालोपत्रे गर्न आवश्यक तापक्रम विपरीत छिटो काम सक्ने बहानामा बिहान र रातिसम्म काम गरेका कारण सडक गुणस्तरहीन भएपछि आक्रोशित बनेका उनीहरुले ठेकेदार र निर्माणको जिम्मा लिएको सम्बन्धित निकायका प्रमुखविरुद्ध जिल्ला प्रशासन कार्यालयमार्फत अख्तियारमा उजुरी दिने बताए ।

गतवर्ष असार २० गते सम्झौता भएको सो कामको जिम्मा संयुक्तरुपमा इलामस्थित गजुरमुखी र खनाल कन्स्ट्रक्सनले प्राप्त गरेका थिए । सडकमा देखिएको समस्याको विषयमा स्थानीयले गुनासो गरेपछि आफूले पटक–पटक ठेकेदार डिल्ली खनाल र जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर सुशील श्रेष्ठलाई जानकारी गराउँदा उनीहरुले बेवास्ता गरी स्थानीयको आँखामा छारो हाल्ने मात्र काम गरेको अर्जुनधारा–८ का वडाध्यक्ष गोपीचन्द्र गौतमले बताउनुभयो ।

त्यसैगरी बुद्धशान्ति–२का वडा सदस्य नेत्रप्रसाद गौतमले बिटुमिन अत्यधिक हिट भई अलकत्राले नपक्रेपछि अलकत्रा उक्किएको हुनसक्ने जिकिर गर्दै प्राविधिकरुपमा सो सडकमा गरिएको काम ठीक नभएको बताउनुभयो ।

यस विषयमा ठेकेदार खनालसँग बुझ्दा सम्पूर्ण काम मेशिनको प्रयोगबाट गर्ने क्रममा केही प्राविधिक कमजोरी र कमसल सामग्री प्रयोग भएका कारण त्यस्तो भएको उहाँ स्वीकार्नुहुन्छ ।
यता जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर श्रेष्ठ पनि कमसल सामग्री प्रयोग भएको विषयमा ठेकेदार खनालको कुरामा सहमत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ– “ढिलो गर्दा पनि चाँडो गर्नु भन्छन्, “चाँडो गर्दा यस्तै हुन्छ ।

¥याप थ्रीअन्तर्गत आगामी असार २० गते सम्पन्न गर्नुपर्ने सो आयोजनाको जम्मा लागत रु पाँच करोड ६५ लाख २४ हजार उल्लेख गरिएको छ । स्टिमेटअनुसार जम्मा ६.३ किलोमिटर काम सम्पन्न हुनुपर्ने सो सडकको चौडाइ ६.७५ मिटर, दायाँ र बायाँ डेढ मिटरको भागमा २० एमएम र मध्य भागमा ३० एमएम थिक्नेस हुनुपर्नेछ ।

हालसम्म ४.५ किलोमिटर मात्र काम सम्पन्न भएको सो सडकको चौडाई कहीँ ६.७५ मिटरभन्दा बढी र कहीँ कम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group