विराटनगर, १६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विराटनगरस्थित राष्ट्रिय समाचार समितिको प्रादेशिक कार्यालयको आज निरीक्षण गरी त्यहाँको वस्तुस्थितिको जानकारी लिनुभयो ।
सो अवसरमा मन्त्री बाँस्कोटाले खोजमूलक समाचारका साथै समाजका विभिन्न पक्षको समस्यालाई उजागर गर्ने खालका समाचारमा बढी केन्द्रीत हुन राससका सञ्चारकर्मीलाई सुझाव दिनुभयो ।
उहाँले अब समाचारको शैलीमा परिवर्तनका साथै समाचार प्रवाहमा तीव्रता ल्याउन र राजनीतिक समाचारमै सीमित नरही ग्रामीण क्षेत्रमा पनि पुगेर समाचार संकलन गर्न निर्देशन दिनुभयो ।
उक्त, अवसरमा रासस प्रादेशिक कार्यालय विराटनगरका प्रमुख प्रभाषचन्द्र झाले कार्यालयबाट हुने गरेको समाचार प्रवाहलगायत विविध पक्षको विषयमा जानकारी गराउनुभएको थियो



















प्रतिक्रिया दिनुहोस्