काठमाडौं,१६ असार । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको मर्म र भावना अनुसार सरकार नचले कांग्रेस कडा विरोधमा उत्रने चेतावनी दिएका छन । शनिबार काठमाडौमा युवा सृजनशिल समाज नेपालले आयोजना गरेको सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रममा सिंहले यस्तो चेतावनी दिएका हुन ।
नेता सिंहले सरकारको गतिविधी संविधानको मर्म र भावना बिपरित हुन थालेको आरोप समेत लगाएका छन । राष्ट्रिय राजनीतिमा स्थायीत्वका लागी सबै दल गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।
सिंहले सरकारसंग स्पष्ट बहुमत हुदा पनि दुई तिहाईको प्रयास गर्नु स्वभाविक नभएको तर्क गरेका छन । त्यस्तै दुईतिहाइ हुने बितिकै कम्युनिष्ट नेताहरुको भनाईमा परिवर्तन आएको उनकोो भनाई छ । संबिधान जारी गर्नेवेला सबै दलहरु एक भएजस्तै संबिधानलाई सफल कार्यान्वयन गराउन पनि सबै दल एक हुनुपर्ने उनले बताएका छन ।
कार्यक्रममा काठमाडौ महानगरपालीका उपमेयर हरिप्रभा खड्कीले महिलाहरुको जीवनस्तरलाई रुपान्तरण गर्नका लागी महानगरले बिभिन्न कार्यक्रमहरु ल्याउने बताएका छन ।



















प्रतिक्रिया दिनुहोस्