ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोरो र श्रीमतीको घाँटी रेटेर आफै रेटिए राम्जी ! छोरोको घटनास्थलमै मृत्यु


एबीसी न्यूज
जेष्ठ ३०, २०७५ बुधबार   ६ : ०६   बजे
कास्की  ३० जेठ । पोखरा लेखनाथ महानगरपालिका –१५, रामबजारस्थित कालिका मार्गका रामजी घलेले घरेलु हतियार प्रहार गर्दा छोराको ज्यान गएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । त्यसपछि आत्महत्याको प्रयास गरेका रामजी पनि गम्भीर घाइते छन् । ३८ वर्षीय घलेले ११ वर्षीय छोरा ज्ञापन घलेको हत्या गर्नुका साथै पत्नी ३२ वर्षीया सुमित्रा घलेको हत्या प्रयास गरेपछि आफैले पनि आत्महत्याको प्रयास गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा हत्यापछि रामजीले आत्महत्याको प्रयास गरेको निश्कर्ष निकालेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो । उहाँले घटनामा बाहिरियाको संलग्नता नदेखिएको प्रष्ट पार्नुभएको छ ।

हत्या प्रयासबाट श्रीमती सुमित्रा गम्भीर घाइते भएकी छन् । गर्भवती उनको असार ६ गते प्रसुति मिति तोकिएको थियो । उनको पेटमा रहेको बच्चा अप्रेसन गरे निकालिए पनि मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार गर्भवती सुमित्राले हिजो साँझ ६ बजे आफ्नो सुत्केरी हुने डेट असार ६ गते भएको श्रीमान रामजी घलेलाई सम्झाएकी थिइन् । राति १२ बजेतिर सुमित्राले पेट दुखेको भन्दै अस्पताल जान श्रीमानलाई आग्रह गर्दा रामजीले बिहान मात्रै अस्पताल जाने बताएपछि श्रीमान्–श्रीमतीबीच भनाभन हुँदा रामजीले तरकारी काट्ने चक्कु निकालेर श्रीमतीको घाँटीमा प्रहार गरेका हुन् ।

लगत्तै छोरा ज्ञापन घलेको कोठामा पसेर उनको पनि चक्कुले घाँटी रेटेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । रामजीले छोराको हत्या प्रयास गरेपछि सुमित्राले हारगु्हार गरेपछि छिमेकीहरु आएका थिए । छिमेकीले हेर्दा मृत छोराको शव नजिकै रामजीले आफ्नो घाँटी रेटेर आत्महत्याको प्रयास गरेका स्थानीय वासिन्दाले बताएका छन् । रामजीको मणिपाल शिक्षण अस्पताल पोखराको आईसीयू कक्षमा उपचार भइरहेको छ । श्रीमती सुमित्राको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

श्रीमती सुमित्राको घाँटीको रुद्रघण्टी नजिकै प्वाल परेको छ । उनको अपरेसन सफल भएमा बाँच्ने सम्भावना रहेको बताइएको छ । तर आत्महत्याको प्रयास गरेका रामजीको भने अवस्था चिन्ताजनक छ । घट्नालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि राति नै वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वको टोली पुगेको थियो । हत्यापछि आत्महत्याको प्रयास गरेका रामजी झगडालु स्वाभावको नभएको स्थानीयबासीले बताएका छन् ।

परिवारका अनुसार उनीहरुबीच यसअघि खासै मनमुटाव र झगडा भएको पनि थाहा नभएको उनीहरुको भनाइ छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

Why Doesn’t Balen Like Parliament?

Balen Style : Questions Swirl Around Nepal’s E-Passport Investigation

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group