ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हत्या अभियोगमा ५ जना पक्राउ , दुई पक्ष बीच झडप ३ जना घाईते


एबीसी न्यूज
जेष्ठ २८, २०७५ सोमबार   १ : २७   बजे


रौतहट,२८  जेठ।  रौतहट प्रहरीलले अपहरण पछि हत्या गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । शनीबार राती आफ्नै घरबाट अपहरणमा परेका कटहरिया नगरपालिका–९ डुमरिया टोलका स्वास्थ्यकर्मी दिलिप साहको १२ वर्षीया छोरा सन्नी देवल भन्ने युवराज साहको अपहरण पछि हत्या गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय गरुडाले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटहरीया–९ डुमरियाका २१ वर्षिया शक्तिराय यादव, २० वर्षिया सुनिल यादव, २० वर्षिया प्रविण राय यादव र बृन्दावन नगरपालिका–९ आखरपाथरका १९ वर्षीया विनोद कुमार पटेल, र २० वर्षिया रवी कुमार पटेल रहेका छन । पक्राउ परेको शक्तिराय यादव कटहरिया नगरपालिका–९ का वडा अध्यक्ष रामाज्ञा यादवको छोरा रहेको प्रहरी बताएका छन् ।

बालक साहलाई अपहरण गरि अपहरणकारीले घर भन्दा २५ किलोमिटर टाढा गढीमाई नगरपालिका–५ स्थित बागमती नदी किनारमा लगेर गोली हानी हत्या गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चर्तुभुज ओझाले बताएका छन् ।

त्यसै गरी बालकलाई अपहरण पछि हत्या गरेको भन्दै पिडित पक्ष र आक्रोसित स्थानियहरुको समुहले कटहरिया नगरपालिका–९ का वडा अध्यक्ष रामाज्ञा यादवको घरमा तोडफोड गरेका छन् । आक्रोसित स्थानियको तोडफोड गर्ने क्रममा दुई पक्ष बीच झडप भएको छ । दुई पक्ष बीच भएको झडप नियन्त्रण गर्ने क्रमा प्रहरीका सई सहित ३ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा इलाका प्रहरी कार्यालयका कटहरियाका प्रमुख सई लक्ष्मी नारायण कुर्मी, प्रहरी चौकी छेदी चोकका प्रहरी हवल्दार बुनिलाल मुखिया र प्रहरी जवान विजय यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

Why Doesn’t Balen Like Parliament?

Balen Style : Questions Swirl Around Nepal’s E-Passport Investigation

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group