ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रेड युनियन काँग्रेसको महाधिवेशन भोलिदेखि


एबीसी न्यूज
जेष्ठ २८, २०७५ सोमबार   १० : ४१   बजे

 

काठमाडौँ, २८ जेठ।  नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशन भोलिदेखि काठमाडौँमा हुने भएको छ ।

चार वर्ष नौ महिनापछि हुन लागेको महाधिवेशनमा १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुँदैछ । जसमा नेपाल ट्रेड युनियनका वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुस्कर आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ ।

वर्तमान उपाध्यक्ष रमा पौडेलले उम्मेदवार दिए पनि दुई समूहबीच नै कडा प्रतिस्पर्धा हुने देखिएकोे छ । दुवै जनाले आफ्नो समूह घोषणा गरिसक्नुभएको छ ।

दाहाल समूहबाट वरिष्ठ उपाध्यक्षमा अयोध्याप्रसाद यादव, उपाध्यक्ष (खुला) बमबहादुर डिसी, डिपी अर्याल, उपाध्यक्ष (महिला) कल्पना अधिकारी, उपाध्यक्ष (सेवा) शंकर लामिछाने, उपाध्यक्ष (उत्पादन) युवराज लामा, उपाध्यक्ष (अनौपचारिक) नूर महम्मद रैन हुनुहुन्छ ।

यसैगरी महासचिव सञ्जय मिश्र, उपमहासचिव (खुला) जनार्दन निरौला, काजीमान श्रेष्ठ, उपमहासचिव (महिला) कमला लामिछाने, उपमहासचिव (सेवा) रञ्जन थापा, उपमहासचिव (उत्पादन) धीरेन्द्र सिंह, उपमहासचिव (अनौपचारिक) आत्माराम पौडेल, कोषाध्यक्ष रिसभ घिमिरे र सहकोषाध्यक्षमा ताराकुमारी राई हुनुहुन्छ ।

आचार्य समूहबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष (खुला) तेजेन्द्रजंग कार्की, अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललितबहादुर श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशा सिंह राठौर हुनुहुन्छ ।

यसैगरी महासचिव योगेन्द्रकुमार कुँवर, उपमहासचिव (खुल्ला) गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुँइकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (उत्पादन) ईश्वर परियार, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरेले उम्मेदवारी दिँदै हुनुहुन्छ ।

अध्यक्षका उम्मेदवार दाहालले रासससँग कुरा गर्दै ट्रेड युनियन काँग्रेसलाई बलियोे बनाउँदै आगामी निर्वाचनमा काँग्रेसको पक्षमा जनमत सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

अध्यक्षका अर्को उम्मेदवार आचार्यले नेपाल ट्रेड युनियनको शाख अभिवृद्धि गर्ने, मजदूरलाई आर्थिकरुपले सबल र समुन्नत बनाउँदै उनीहरुको पहुँच अभिवृद्धि गर्ने र समतामूलक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्नका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।

भोलिदेखि योगम्बर पार्टी प्यालेसमा शुरु हुने निर्वाचनमा काँग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनुभयो ।

ट्रेड युनियनको छैटौँ महाधिवेशनमा देशभरका एक हजार ४०० महाधिवेशन प्रतिनिधिले भाग लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

Why Doesn’t Balen Like Parliament?

Balen Style : Questions Swirl Around Nepal’s E-Passport Investigation

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group