वीरगञ्ज , २५ जेठ । प्रहरीले पर्साबाट नक्कली प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को इन्सपेक्टर भन्दै सर्बसाधरणलाई धम्की दिने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका.१ शितपुर बस्ने १९ वर्षीय श्रीराम महतो गुरो रहेका छन् ।आफू सीआईबीको इन्सपेक्टर हो भनी गाउँघरका सोझासाझा सर्वसाधारण व्यक्तिहरुलाई झुक्याइ थर्काउने तथा ठगी गर्दै हिँडेको उजुरीको आधारमा श्रीरामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
गुरोसँग भएको नक्कली छनौट पत्रसमेत बरामद गरी आवश्यक अनुसन्धानक तथा कारबाहीका लागि लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजन लिम्बुले जानकारी दिए ।
‘गाउँघरमा सीआईबी हुँ भनेर धाक–धम्की दिनुको साथै उसले सीआईबीको इन्सपेक्टरमा छनौट भएको नक्कली कागजपत्रसमेत बनाएको रहेछ ,’ उनले भने, ‘ ठगीको धन्दा हो कि भनेर अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं ।’ गुरोविरुद्ध सार्वजनिक अपराध मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनको भनाइ छ ।



















प्रतिक्रिया दिनुहोस्