ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ


एबीसी न्यूज
जेष्ठ २२, २०७५ मंगलबार  ११ : ०५ बजे

नुवाकोट, २२ जेठ ।  सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँकी एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको छ ।

नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत रु २५ लाखको चिठ्ठा परेको भन्दै त्यो रकम प्राप्त गर्न राजश्व शुल्क चाहिनेलगायतका बहानामा ती महिलालाई ठगी गर्ने ३४ वर्षका घिमिरेविरुद्ध सोमबार नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

“इमोमार्फत विजयकुमार भन्ने व्यक्तिले फोन र सन्देशमार्फत ठगी गर्ने गिरोहको सदस्य घिमिरेमाथि गरिएको अनुसन्धानको क्रममा थप अन्य व्यक्तिले पनि ठगी गरेको तथ्य भेट्टिने क्रम शुरु भएको छ ।” प्रहरी प्रमुख कुँवरले बताउनुभयो, “सबैजसो बैंकमा खाता खोल्ने र नेपालदेखि भारतसम्म नै सञ्जाल रहेकाले अनुसन्धानको दायरामा धेरैको संलग्नता देखिएको छ ।”

उहाँका अनुसार पक्राउ परेका घिमिरेको बयानको आधारमा प्रहरीले काठमाडौँ महानगरपालिका–२१ का अमिर शाक्यलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ ।

उनीहरु पक्राउ परेको जानकारी पाएपछि पीडितबाट उजुरी संकलन शुरु गर्ने क्रममा पोखराका अस्मी गुरुङले ‘आफू पनि ठगिएको’ भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।

नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत चिठ्ठा परेको भन्दै इमोमार्फत यसअघि यहाँको तार्केश्वर गाउँपालिका–१, दाङसिंका दुई युवासँग पनि  दुई लाख ४५ हजार ठगी भएको थियो । उनीहरुलाई ठगी गर्ने पनि अहिले पक्राउ परेका व्यक्ति नै हुनसक्ने प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज विश्व हिमनदी दिवस

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com