ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मालापोतको दशकौं पुरानो महत्वपूर्ण कागजातहरु सारिदै


admin
जेष्ठ २१, २०७५ सोमबार  १ : ४८ बजे

सप्तरी, २१ जेठ । जिल्ला मालापोत कार्यालय सप्तरीको तामेली भवनमा रहेको सम्पूर्ण कागजातहरु सार्न लागिएको छ । भवन जिर्ण र वर्षामा चुहिने कारण देखाउँदै उक्त कागजातहरु नयाँ स्थानमा सार्न लागिएको हो ।

बि.सं.२००४ सालदेखी उक्त भवनमा जग्गा सम्बन्धी विभिन्न किसिमका अत्यन्त महत्वपूर्ण कागजातहरु रहेका छन् । जिल्ला अदालत राजविराजको भवनसँगै टाँसिएर रहेको तामेली भवनको कागजातहरु अफिसर्स क्लब राजविराजको सभाकक्षमा सारिँदै छ ।

यता तामेली भवन खाली गर्न अहिले तामेली भवनमा रहेका कागजातहरु सारिने काम भइरहेको सो फाँट हेर्ने सुमन यादवले जानकारी दिएका छन् । तर, उनले हाल भवनमा रहेको २००४ सालदेखीको नम्बरी जग्गाको कागजातहरु, २०२८ सालका जिम्दार पटवारीले बुझाएको १ नं. फारम, २ नं. फारम र २८ सालको ६ नं. फारम, २००४ को नापी अनुसार २०२८ को नापी हुँदा अधिकांश जग्गाको लालपूर्जा र गाउँ ब्लकमा रहेको २००४ देखी हालसम्मको कागजात गाउँ ब्लक, पोखरी, डगर, मठ, मन्दिरको श्रेस्ताहरु समेत रहेकोले सो कागजातहरु हालको नयाँ स्थानमा नअट्ने गुनासो गरे ।

५ लाख मिशिल, १० लाख राजिनामा लिखत, ४ सय ५६ मौजाको साविक श्रेस्ताहरु समेत सोही भवनमा रहेकोले नयाँ भवनमा व्यवस्थित रुपले मिलाएर राख्न सम्भव समेत नरहेको उनले गुनासो पोखे । पुरानो भवनमा रहेका कतिपय महत्वपूर्ण कागजातहरु पानी चुहिएका कारण कुहिएको तथा कोठा जिर्ण भएको हुँदा आफै नष्ट भएको छ ।

बि.सं. १९९८ सालमा निर्मित उक्त भवनमा लामो समयसम्म मालापोत कार्यालय संचालन रहेको थियो । भवन जिर्ण भएको भन्दै मालपोत कार्यालय भाडाको घरमा संचालन हुँदै आएको थियो । तर, २०५९ साल साउन महिनादेखी आफ्नै भवनमा मालपोत कार्यालय हालसम्म संचालनमा रहेको छ ।

तत्कालिन मालपोत कार्यालयका निमित्त प्रमुख सरयुगलाल दासको कार्यकालमा भूमि सुधार तथा व्यवस्थापन विभागको २०६७ जेठ ३१ गतेको निर्णय अनुसार हाल तामेली भवनसहितको २ कठा १ धुर जग्गा जिल्ला अदालतको नाउँमा लिखित सहमति हस्तान्तरण गरिदिएका थिए । सोही लिखित सहमति अनुसार अहिले जिल्ला अदालतले कार्यालय प्रयोजनका लागि भवन र जग्गा खाली गर्न बारम्बार दबाब सृजना गरेको श्रोतको दाबी छ ।


यस सम्बन्धमा जिल्ला मालपोत कार्यालय सप्तरीका प्रमुख दधिराम गुरागाईले तामेली राख्ने भवन बि.स. २०६६ सालदेखी जिर्ण रहेको र कतिपय कागजातहरु नष्ट भइसकेको जानकारी दिएका छन् । उनले हालको मालपोत कार्यालयको माथिल्लो तल्लामा निर्माणाधिन कोठाहरुमा कागजातहरु राख्न नमिल्ने बताए ।

तामेली भण्डारणका लागि जिल्ला अदालतले मालापोत कार्यालयलाई ४६ लाख रुँपैया उपलब्ध गराएको थियो । सोही रकमले हाल रहेको मालपोत कार्यालयको माथील्लो तल्लामा टिनको छानाको भएको कोठा निर्माण गरिएको छ । तर, सो कोठाहरु गुणस्तरहीन रहेकोले त्यहा तामेली भण्डारण गर्न नसकिने अवस्थामा रहेको छ । हावाहुरी तथा पानी परेको अवस्थामा सो कोठाहरु चुहिने तथा कागजातहरु हावाले उडाउन सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

विश्वकप क्रिकेट लिग–टु श्रृंखला अन्तर्गत नेपालले आज युएईसँग खेल्दै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com