ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप


एबीसी न्यूज
असार ४, २०८३ बिहीबार   १२ : ३५   बजे

काठमाडौं, ४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर धवल शम्शेर तथा दुर्गा प्रसाईंसँगै मिलेर नयाँ पार्टी बनाउन लागेका दिलविकास राजभण्डारीले अध्यक्ष राजेन्द्र लिङ्देनमाथि आरोप नै आरोप लगाएका छन्।

लिङ्देनले काठमाडौंमा घर बनाएको, इलाममा रिसोर्ट खोलेको र अमेरिकामा घर किनेकोले त्यसको स्रोत के हो भन्ने प्रश्नसमेत उनको छ।‘तपाईंकै शब्द पैँचो लिँदा— पहाडमा पेटभरि ढिडो खान नपुगेर अस्ति भर्खर मात्र मधेस झर्नुपरेको तपाईंको जीवनमा यति छिट्टै राजधानीमा आलिसान भवन कसरी खडा भयो ? इलाममा रिसोर्ट बनाउने आर्थिक स्रोत कहाँबाट जुटाउनुभयो ? अनि अमेरिकामा घर किन्ने पैसा कहाँबाट आयोरु’ उनले प्रश्न गरेका छन्।

उनले अध्यक्ष लिङ्देनमाथि गाडी चोरीको आरोप लागेको कुरा पनि उल्लेख गरेका छन्। उनले अध्यक्ष लिङ्देनलाई इमेलमार्फत् पत्र पठाउँदै यस्ता विषय समावेश गरेको उनीनिकट एक नेताले जानकारी दिए।

‘तपाईंमाथि गाडी चोरीको आरोप पनि छ। अर्काको जग्गा हडपेर खाएको, ज्यानसम्बन्धी मुद्दामा जेल सजायसमेत भोगेको र तपाईंले समानुपातिक सिट बेचेर निकै मोटो रकम कुम्ल्याएको आरोप लाग्दासम्म पनि पार्टीको अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले सुनेको नसुन्यै गरी स्वीकार गर्दा पार्टीभित्रका नेता तथा कार्यकर्ताहरूको शिर निहुरिनु स्वभाविक हो। तपाईंको यही गलत क्रियाकलापका कारण पार्टीले यस्तो नराम्रो हार बेहोर्नुपरेको हो,’ उनको भनाइ छ।

साथै २०७९ को चुनावमा अध्यक्ष लिङ्देन र कोषाध्यक्षले आफूसँग ४५ लाख लगेको र त्यसमध्ये १० लाखमात्रै फिर्ता गरेको उनको भनाइ छ।

‘२०७९ को निर्वाचनमा तपाईं र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले मबाट लगेको रकम ४५ लाखमध्ये १० लाख तपाईंको स्वकीय सचिव छत्र कठायतमार्फत् फिर्ता गर्नुभयो। बाँकी रहेको ३५ लाख रुपैयाँ आलटाल नगरी तुरून्त फिर्ता दिनुहोस्। के तपाईं र कोषाध्यक्ष मिलेर मेरो रकम पचाउन खोज्नुभएको होरु यस्तो गर्नु आमाको रगत खाए सरह होइन ररु’ उनको प्रश्न छ।

साथै उनले अध्यक्ष लिङ्देनलाई धुम्बाराहीस्थित केन्द्रीय कार्यालय रहेको घर खाली गरिदिन पनि आग्रह गरेका छन्।

राप्रपाले भने यी आरोपहरूको खण्डन गरिसकेको छैन। राप्रपाका एक पदाधिकारीले पार्टी छाडेर गइसकेकाहरूले लगाएका ‘यस्ता आरोपहरूको पछि लाग्न नहुनेु प्रतिक्रिया दिए।

यस्तो छ पत्र

तपाईं राप्रपाको एजेन्डाप्रत इमानदार बन्नुहुनेछ, राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई उत्कर्षमा पुर्‍याउनुहुनेछ र समान विचार समन्वयको नीति लिनुहुनेछ भन्ने विश्वासका साथ राप्रपाका नेता तथा कार्यकर्ताहरूले कमल थापालाई पराजित गर्दै तपाईंलाई अध्यक्ष पदमा जिताएका हौं।

तर तपाईंले हामी सबै हजारौं कार्यकर्ताको भरोसामाथ घात गर्नुभएको छ। वर्तमान समयमा तपाईंले पार्टीका इमानदार नेता तथा कार्यकर्ताहरूमाथि कारबाहीको अनैतिक दण्डा वर्षाइरहनुभयो। राप्रपाको इतहासमै यो ज्यादै दुभाग्यपूर्ण घटना बन्न पुगेको छ। जसका कारण पार्टीमा गुट र फुटको अवस्था सिर्जना भएको छ। यसको सम्पूर्ण जिम्मेवारी तपाईंले लिनुपर्दछ।

फलस्वरूप हालैको निर्वाचनमा राप्रपाले नराम्रो हार बेहोर्न मात्र परेन, ९७ प्रतिशत उम्मेदवारहरूको जमानत नै जफत हुन पुग्यो। समानुपातिकतर्फ तपाईंको आफ्नै मनपरी चल्यो। त्यसलाई सच्याउन माग गर्दा महिला नेता तथा कार्यकर्तामाथि तपाईंहरूको धक्कामुक्काबाट अस्पतालमा उपचार गराउनुपरेको घटना कसैबाट छिपेको छैन।

तपाईंले मलाईं खुसी राख्ने उद्देश्यले उपाध्यक्ष पदमा मनोनीत गर्नुभयो तर उपाध्यक्षमा मनोनीत भएपछि मैले गौरबको अनुभूति गर्न सकिनँ। बरू म सशङ्कित भएँ, किनकी त्यतिबेलासम्म तपाईंप्रतिको मेरो विश्वास टुटिसकेको थियो। परिणामस्वरूप उपाध्यक्ष पदमा रहँदा ममा न त अपेक्षित गौरबको भावना रह्यो, न त आवश्यक सक्रियता नै कायम रहन सक्यो। यो सबै लेख्नु मेरो सोख नभएर बाध्यता हो।

तपाईंकै शब्द पैँचो लिँदा— पहाडमा पेटभरि ढिडो खान नपुगेर अस्ति भर्खर मात्र मधेस झर्नुपरेको तपाईंको जीवनमा, यति छिट्टै राजधानीमा आलिसान भवन कसरी खडा भयोरु इलाममा रिसोर्ट बनाउने आर्थिक स्रोत कहाँबाट जुटाउनुभयोरु अनि अमेरिकामा घर किन्ने पैसा कहाँबाट आयो ?

यति मात्र होइन, तपाईंमाथि गाडी चोरीको आरोप पनि छ। अर्काको जग्गा हडपेर खाएको, ज्यानसम्बन्धी मुद्दामा जेल सजायसमेत भोगेको र तपाईंले समानुपातिक सिट बेचेर निकै मोटो रकम कुम्ल्याएको आरोप लाग्दासम्म पनि पार्टीको अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले सुनेको नसुन्यै गरी स्वीकार गर्दा पार्टीभित्रका नेता तथा कार्यकर्ताहरूको शिर निहुरिनु स्वभाविक हो। तपाईंको यही गलत क्रियाकलापका कारण पार्टीले यस्तो नराम्रो हार बेहोर्नुपरेको हो।

पार्टी अगाडि बढोस् भनेर मैले ठूलो आर्थिक भार बेहोर्दै मेरो करोडौँको घरजग्गा सञ्चालन गर्न दिएको हुँ। यो मैले मेरो रगत(पसिनाको कमाइबाट बनाएको घर हो। यसमा बस्न लायक गुण र नैतिकता तपाईंमा रहेनछ।

तपाईंले राप्रपा डुबाउनुभयो त्यसैले तपाईंलाई मेरो घरजग्गाबाट किन ननिकाल्नेरु भन्ने मेरो अन्तरआत्माको पुकारअनुसार तुरून्त मेरो घर खाली गरिहाल्नुहोस्।

साथै, २०७९ को निर्वाचनमा तपाईं र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले मबाट लगेको रकम ४५ लाखमध्ये १० लाख तपाईंको स्वकीय सचिव छत्र कठायतमार्फत् फिर्ता गर्नुभयो। बाँकी रहेको ३५ लाख रुपैयाँ आलटाल नगरी तुरून्त फिर्ता दिनुहोस्। के तपाईं र कोषाध्यक्ष मिलेर मेरो रकम पचाउन खोज्नुभएको होरु यस्तो गर्नु आमाको रगत खाए सरह होइन र ?

तसर्थ धुम्बाराहीमा रहेको श्रीमती शशीकला स्मृति भवनस्थित राप्रपाको केन्द्रीय कार्यालय खाली गरिदिन अनुरोध गर्दछु। कानुनी रूपमा ३५ दिने सूचनाको म्याद प्रभा लुइँटेलको नामबाट दिइसकेको छ। केन्द्रीय समिति बैठकले न्यायोचित निर्णय गर्दै मेरो घर खाली गरिदिनेछ भन्ने विश्वास लिएको छु। अन्यथा भविष्यमा कुनै पनि अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवारी तपाईं स्वयमले लिनुपर्नेछ।

दिलविकास राजभण्डारी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group