ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक सौर्यबत्ती जुनकिरीको उज्यालो झैँ


admin
जेष्ठ २०, २०७५ आईतबार  ४ : २५ बजे

बुटवल, २० जेठ । बुटवल–बेलहिया व्यापारिक मार्गलाई रातिमा उज्यालो र सुन्दरता राख्ने उद्देश्यले सडकबीच भागमा राखिएका सडक सौर्यबत्तीले प्रभावकारी रुपमा काम गर्न सकेका छैनन् ।
सडककोबीच भागमा राखिएका सडक सौर्यबत्तीको उज्यालो जुनकिरीझैँ मधूरो टल्किने उज्यालो मात्र दिन्छन् । बुटवल बेलहिया सडक खण्डको बाटो फराकिलो बनाउने र सडकमा रातिमा उज्यालो बनाएर सुन्दरता राख्ने उद्देश्यका साथ राखिएका सडक सौर्यबत्ती प्राविधिक रुपमा दुई वर्ष नपुग्दै काम नलाग्ने अवस्थामा छन् ।

बुटवलको राजमार्ग चौराहादेखि भैरहवाको नेपाल भारत सीमा बेलहियासम्मको सिद्धार्थ राजमार्गलाई सरकारले व्यापारिक मार्गको रुपमा आधुनिक र फाराकिलो बनाउने काम भइरहेको छ । उक्त सडकबीचमा रहेको डिभाइडरमा पोल गाडेर राखिएका सौर्यबत्ती अहिलेसम्म साढे पाँच किलोमिटरमा राखिएको छ । सडककोबीच भागमा राखिएका यस्ता १५० सौर्यबत्ती प्राविधिक रुपले नै काम नलाग्ने अवस्थामा देखिएका छन् ।

व्यापारिक मार्गको बुटवलको राजमार्ग चौराहादेखि तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलसम्मको झण्डै साढे चार किलोमिटर खण्डमा र भैरहवामा एक किलोमिटर क्षेत्रमा १५० बत्ती राखिएको छ । व्यापारिक मार्ग आयोजनाको करीब रु दुई करोडको लागतमा करीब दुई वर्षअघि मात्र यी बत्ती राखिएका हुन । महेश निर्माण सेवा कम्पनीले उक्त सोलारबत्ती जडानबापतको रु दुई करोड भुक्तानी पाइसकेको छ ।

उक्त सोलारबत्ती जडान गरेको करीब दुई वर्षमै झण्डै ५० प्रतिशत भन्दा बढी बत्ती त बल्नै छाडेका छन् । बत्तीले उज्यालो दिन छाडेपछि आयोजना कार्यालयले मर्मतका लागि काम भइरहेको बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाका प्रवक्ता इन्जिनियर गोविन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडकमा प्रर्याप्त उज्यालो हुन नसक्नुमा सोलार बत्तीको पावर कम हुनु र प्रत्येक पोलको दुरी बढी हुनु नै मुख्य रहेको छ । सडकको डिभाइडरमा राखिएका सोलार बत्तीको पोलको दुरी २० मिटरमा रहनुपर्नेमा ३५ मिटरमा राखिएकाले पनि उज्यालो प्रर्याप्त हुन नसकेको उहाँको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले सडकमा रातिको समयमा पनि उज्यालो राखेर सुन्दरता राख्ने उद्देश्यका साथ राखिएको सोलार बत्तीले प्रभावकारी रुपमा काम गर्न नसकेकाले यसको विकल्पमा अन्य व्यवस्था गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

व्यापारिक मार्गको अधिकांश क्षेत्र जिल्लाको तिलोत्तमा नगरपालिका क्षेत्रमा पर्दछ । तिलोत्तमा नगरपालिकाका प्रमुख वाशुदेव घिमिरे आयोजनाले राखेका सोलार प्लान्ट बत्तीले प्रभावकारी रुपमा उज्यालो दिन नसकेको बताउँदै पहिले राखेका र अब नयाँ ठाउँमा राख्ने बत्ती प्रभावकारी हुने गरी राख्न आयोजनालाई आफूहरुले अनुरोध गरेको बताउनुहुन्छ ।

उहाँले आयोजनाले राजमार्ग क्षेत्रमा राख्ने यस्ता बत्ती पूर्णरुपले उज्यालो दिने खालको राख्ने प्रतिबद्धता जनाएको नगरप्रमुख घिमिरे बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

प्रचण्डको कार्यकर्तालाई निर्देशन– यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

एमालेले देश बनाउने र राष्ट्रियताको पक्षमा अडान लिएको छ : ईश्वर पोखरेल

प्रचण्डको कार्यकर्तालाई निर्देशन– यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्

एक्लै चमत्कार हुँदैन, प्रणालीले परिणाम दिन्छः गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com