ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको एकल प्रयासबाट मात्र प्रदूषण नियन्त्रण असम्भव


एबीसी न्यूज
जेष्ठ १९, २०७५ शनिबार  ७ : ४२ बजे

 

काठमाडौँ, १९ जेठ ।  वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा वातावरण प्रदूषण बढ्दै गएकाले यसको रोकथामका लागि सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने बताउनुभएको छ ।

वन मन्त्रालय तथा वनस्पति विभागको संयुक्त आयोजनामा गोदावरीस्थित वनस्पति विभागको पार्कभित्र वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै उहाँले प्रदूषण रोकथामका लागि निजी क्षेत्र तथा वातावरण चेतना फैल्याउने कार्यमा संलग्न सबै संघसंस्थाको उत्तिकै सहकार्य आवश्यक भएको बताउनुभयो ।

उहाँले सरकारले यही जेठ २२ गते नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ घोषणा गर्न लागेको जानकारी पनि दिनुभयो ।

मन्त्री वस्नेतले सम्पदाको संरक्षण तथा स्वच्छ हावाको संरक्षण गर्नका लागि सरकारले अहिलेदेखि नै कडा कानून बनाएर व्यवस्थित गर्ने बताउनुभयो ।

प्रतिनिधिसभाका सदस्य नवराज सिलवालले वातावरणको संरक्षण हाम्रो जीवन प्रक्रियाभित्र समावेश गरेर व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।

उहाँले ललितपुर क्षेत्र नं १ उपत्यकाभित्र रहेर पनि उपेक्षित अवस्थामा रहेको र यहाँका जनताको जीवनस्तर उकास्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

अर्का सांसद् सत्या पहाडीले गोदावरी क्षेत्रमा प्रवेश गर्ने हरेक व्यक्तिले हरियालीको सुन्दरता तथा आनन्दको अनुभूति गर्ने भएकाले यस्ता कार्यक्रम अन्य क्षेत्रमा पनि विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले सन् १८६९ मा विकास भएको प्लाष्टिक अहिले आएर वातावरण प्रदूषणको कारण भएको बताउँदै सन् २००२ मा अष्ट्रेलिया र आयरल्याण्डले प्लाष्टिकजन्य वस्तुको प्रयोगमा कडाई गरेको कार्यक्रम आज ती मुलुकहरुमा निर्मूल जस्तै भएको उदाहरण प्रस्तुत गर्नुभयो ।

वनस्पति विभागका महानिर्देशक सञ्जिवकुमार राईले वनस्पति विभागले अतिसंकटापन्न अवस्थामा रहेका वनस्पतिको संरक्षण गर्नुका साथै हरित आनन्दको अनुभूति हुने गरी गोदावरीस्थित पार्कको विकास गरेको बताउनुभयो ।

कार्यक्रममा मन्त्री बस्नेतले संसारकै सबैभन्दा जेठो प्रजातिको गिंको बाइलोबा नामक विरुवा रोप्नुभयो ।

सोही अवसरमा सभासदहरु, राष्ट्रिय योजना आयोगका सदस्य, वन मन्त्रालयका सचिव, गोदावरी नगरपालिकाका पदाधिकारीहरु, वनस्पति विभागका महानिर्देशकसहित अन्य कर्मचारीले पनि वृक्षरोपण गर्नुभयो ।

गिंको बाइलोबा नामक उक्त वनस्पति संसारकै जेठो प्रजातिमा पर्दछ । झण्डै २७ करोड वर्षअघि डायनासोर युगमा उत्पत्ति भएको विश्वास गरिएको उक्त वृक्ष धेरै औषधिको गुण रहेको छ । आज उक्त प्रजातिको वनस्पति १५० थान रोपिएको विभागका प्रवक्ता शिशिर पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com