ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शंका नगर्नाेस्, बजेटका लक्ष्य पूरा हुन्छन्: अर्थमन्त्री


admin

काठमाडौँ, १६ जेठ । सरकारले संघीय संसद्को दुवै सदनमा प्रस्तुत भएको आर्थिक वर्ष २०७५÷७६ को बजेटका लक्ष्य तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरेको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले कृषि तथा सेवा क्षेत्रमा हुने विस्तार एवं वृद्धिले आगामी आवका लागि लिइएको आठ प्रतिशतको आर्थिक वृद्धिदरसहितका अन्य लक्ष्य पूरा हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “कृषि क्षेत्रको औसत वृद्धिदर ४.५ प्रतिशत हो, १२ प्रतिशतको औद्योगिक क्षेत्रको वृद्धि हामीले अपेक्षा गरेका छौँ । मेलम्ची र तामाकोशी आयोजना आगामी आवमा सम्पन्न हुने भएकाले त्यसको सकारात्मक असर पर्नेछ ।”

सिमेन्ट उद्योग र खानी क्षेत्रमा पनि उद्योग स्थापना भई सञ्चालनमा आउने विश्वास व्यक्त गर्दै उहाँले औद्योगिक क्षेत्रको वृद्धिदरमा शंका नगर्न आग्रह गर्नुभयो ।

त्यस्तै, सेवा क्षेत्रमा १२ प्रतिशतले विस्तार हुने र बजेटको लक्ष्य पूरा हुने दाबी पनि अर्थमन्त्री डा खतिवडाले गर्नुभयो ।

औद्योगिक र सेवा क्षेत्रमा आएको विस्तार तथा सरकारले अगाडि बढाएका रोजगारीसम्बन्धी कार्यक्रमले आगामी आर्थिक वर्षमा थप पाँच लाख व्यक्तिले रोजगार पाउने उहाँको भनाइ थियो ।

कृषि क्षेत्रमा उत्पादनमा वृद्धि भई मूल्यमा स्थिरता आउने भएकाले बजेटले राखेको ६.५ प्रतिशतको मुद्रास्फीतिलाई नियन्त्रणमै राख्न सकिने विश्वास पनि अर्थमन्त्री डा खतिवडाले व्यक्त गर्नुभयो ।

सरकारले नियमन गर्ने कार्यमा कडाइ गर्ने प्रष्ट पार्दै अर्थमन्त्री खतिवडाले भन्नुभयो, “राज्यको मार्ग दर्शनभन्दा बाहिर कोही पनि जान पाउँदैन । राज्यले व्यवसाय गर्ने अवसर सबैलाई दिन्छ तर उनीहरुले पालना गर्नुपर्ने दायित्व पूरा गराइन्छ । राज्यले जनताका पक्षमा गर्न खोजेका कुरालाई अनादर गर्ने छुट कसैलाई हुँदैन ।”

वित्तीय संघीयता कार्यान्वयनका लागि सरकारले पहिलो पटक बजेट ल्याएकाले तथ्याँकको तुलना गर्न कठिनाइ भए पनि सरकारले नागरिकलाई रोजगारी उपलब्ध गराएर स्वाभिमानी बनाउने गरी बजेट आएको अर्थमन्त्री डा खतिवडाले बताउनुभयो ।

रोजगारीसहित जनताको स्वास्थ्य, शिक्षा र वित्तीय पहुँचलाई बजेटले ध्यान दिएको दाबी गर्दै उहाँले आर्थिक–सामाजिक रुपान्तरणमा बजेटको विशेष जोड रहेको स्पष्ट पार्नुभयो ।

पाँच वर्षमा कृषि उत्पादनलाई दोब्बर गर्ने र निर्माण सामग्रीमा आत्मनिर्भर बनाउँदै लगिने उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले अन्तर्राष्ट्रिय सीमानाकाका सडक विस्तार, सुरुङ मार्गको प्रविधि र रेल्वेको विकासमा बजेटले जोड दिएको बताउनुभयो ।

निर्यात प्रवद्र्धन गर्ने उद्योगलाई रातो कार्पेट बिछ्याएर स्वागत गरिने बताउँदै उहाँले भन्नुभयो, “निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीका लागि उपयुक्त वातावरण बनाउँछौँ । त्यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था गर्नेछौँ ।”

प्रतिस्पर्धात्मक तवरले ठूला आयोजनालाई अगाडि बढाउने बताउँदै डा खतिवडाले भन्नुभयो, “लगानीकर्तालाई ठूला आयोजनामा लगानी गर्न आह्वान गरेका छौँ ।”

बजेट कार्यान्वयनमा सबै निकायको सहयोग अपेक्षित रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com