ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य संस्थामा गर्भपतन सेवा शुरु


एबीसी न्यूज
बैशाख ९, २०७५ आईतबार  ९ : १२ बजे

 

 

तेह्रथुम, ९ वैशाख। तेह्रथुमका चौध वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा शुरु भएको छ । जिल्लाका १४ वटा स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी नौ हप्तासम्मको गर्भपतन गर्न पाउने सेवा सञ्चालन भएको छ । सुरक्षित गर्भपतन गर्न पाउने महिलाको प्रजनन स्वास्थ्य अधिकार दुर्गम बस्तीका महिलाले उपभोग गर्न थालेका छन् ।

कानुनी रुपमा गर्भपतनले मान्यता पाएपछि सरकारले निःशुल्क सुरक्षित गर्भपतनको सेवासमेत थालेको थियो । तर सदरमुकाममा रहेको जिल्ला अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थामा सो सेवा विस्तार हुन सकेको थिएन । अब आइपास नेपालको सहयोगमा जिल्ला अस्पतालसहित संक्रान्तिबजार र वसन्तपुरका प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि सो सेवा शुरु भएको छ ।

यस्तै चुहानडाँडा, इवा, सम्दु, पोक्लाबाङ, ओयाक्जुङ, मोराहाङ र आङबुङ स्वास्थ्य चौकीबाट समेत औषधिको प्रयोग गरी सुरक्षित गर्भपतन सेवा प्रदान भइरहेको छ । यस्तै सोल्मा, हमरजुङ, ओख्रे र फाक्चामारा स्वास्थ्य चौकीबाट पनि गर्भपतन सेवा शुरु भएको जिल्ला स्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताउनुभयो ।

सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि जिल्लाभर २६ जना दक्ष स्वास्थ्यकर्मी खटिएका छन् । सूचीकृत स्वास्थ्य संस्था र दक्ष स्वास्थ्यकर्मीबाट मात्रै निःशुल्क गर्भपतन सेवा लिन जिल्ला स्वास्थ्य कार्यालयको आग्रह रहेको छ । सेवा शुरु भएको पहिलो वर्ष नै जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या वृद्धि भएको छ ।

यो वर्षको चैत मसान्तको अवधिमा १६० जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । नेपालमा महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भ सूचीकृत स्वास्थ्य संस्थाबाट पतन गर्न पाइने कानूनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com