ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वेश्यावृत्तिमा संलग्न १८५ जना नेपाली युएईको जेलमा (कुन जेलमा कति नेपाली )


एबीसी न्यूज
बैशाख ७, २०७५ शुक्रबार  १ : ३० बजे

युएई, ७ वैशाख । युएईमा १८५ जना नेपालीले कारावासको सजाय भोगिरहेका छन् । दूतावासले परराष्ट्र मन्त्रालय मार्फत सरकारलाई पठाउन तयार पारेको प्रतिवेदनमा ३६ जना नेपालीले हालै आममाफी पाएर नेपाल फर्कन लागेको उल्लेख छ । उनीहरुमध्ये कतिपयलाई विभिन्न अवसरमा युएईले आममाफी दिएको हो । अरु भने सजाय भुक्तान गरेर रिहा हुन लागेका हुन् । १७३ जना पुरुष र १२ जना महिला गरी १ सय ८५ जना नेपालीले अहिले पनि युएईका विभिन्न जेलमा छन् ।

युएईको दुवई, सारजाह, आबुधाबी, रस अलखेमा, उम्मलक्विन, फुजेराह र अलऐनमा रहेका आठ वटा जेलमा पुगेर दूतावासका प्रतिनिधिले नेपाली कामदारको अवस्था र मुद्दाको अध्ययन गरेको थियो ।

नियमित रुपमा यहाँका जेल पुग्ने र कैदी जीवन बिताइरहेका नेपालीको अवस्थाबारे बुझ्न सम्बन्धित प्रशासनसँग सम्बन्ध बढाउने प्रयास स्वरुप कुटनीतिक प्रयास पनि थालिएको छ । यस पटकको भ्रमणमा नवनियुक्त कार्यवाहक राजदूत फुँयालले जेल प्रशासन तथा माथिल्लो निकायका प्रतिनिधिसँग भेटेर छलफल समेत गर्नुभएको थियो ।

जेल भ्रमणपछि नेपालीको अवस्थाबारे प्रतिवेदन तयार पारेर परराष्ट्र मन्त्रालय मार्फत सरकारलाई बिहीबार पठाइएको द्वितीय सचिव तथा सूचना अधिकारी कृष्ण अर्यालले उज्यालोलाई जानकारी दिनुभयो ।

कुन जेलमा कति नेपाली
युएईमा सबैभन्दा धेरै नेपाली बस्ने शहर दुवईमा रहेको सेन्ट्रल जेल अल अविरमा सबै भन्दा धेरै ६६ जना नेपाली छन् । तीमध्ये पाँच जना महिला छन् । आबुधावीमा रहेको अल आत्वा जेलमा एक महिला सहित ६४ जना छन् । त्यस्तै अलऐनको मनाशिर जेलमा एक महिला सहित १५ जना नेपाली छन ।

त्यस्तै सारजाहको जेलमा चार महिला सहित १३ जना र अजमान जेलमा एक महिला सहित १० जना नेपाली छन् । फुजेराहको जेलला ११ जना, रसअलखेमामा ४ जना र उम्मलक्विन जेलमा २ जना नेपालीले जेल सजाय भोगिरहेका छन् ।

जेलमा रहेका नेपालीसँग भेट्न कार्यवाहक राजदूत फुयाँल सहित द्वितीय सचिव अर्याल, श्रम काउन्सिलर भेषबहादुर कार्की, श्रमसहचारी मोतिराम भुसाल, तृतीय सचिव केशव पोखरेल, नारायण ज्ञवाली, जनसम्पर्क अधिकृत इरफान आलम र रजी अहमद लगायतका प्रतिनिधि पुग्नुभएको थियो ।

जाँडरक्सीका कारण जेल पर्ने बढे
जेलमा रहेका अधिकांश नेपाली रक्सी पिएर झैझगडा गरेका कारण कारगारमा पुगेका हुन । ९५ जना नेपाली रक्सीकै कारण जेल जीवन बिताइरहेका छन् ।

रक्सी पिएर गाडी चलाउने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने काममा संलग्न भएको आरोपमा १८ जना नेपाली जेल परेका छन् । कतिपयले त साप्ताहिक बिदाका दिन पेप्सी र कोकाकोलाका बोतलमा रक्सी राखेर पार्क तथा समुन्द्र किनारमा बसेर पिउँदै गर्दा पक्राउ परेका हुन् । युएईमा सार्वजनिक स्थानमा रक्सी पिउनु कानुन विपरित मानिन्छ ।

‘दूतावासको प्रतिनिधि भएर जेल पुग्दा लज्जित हुनु पर्ने अवस्था छ’ द्वितीय सचिव अर्यालले भन्नुभयो, ‘जेलमा नेपालीको अर्को नाम नै रक्सी पिउने र कुटपिटमा उत्रिने हिसावले परिचित छ । यस्ता कुरामा नेपाली कामदार सचेत नभए समस्या विकराल हुँदै जाने देखिन्छ ।’

अचारमा भाङ, धतुरो र मर्चा, जेलमा पुगेपछि मर्का
हत्या आरोपमा नौ जना नेपाली जेलमा छन् । जेल भ्रमणको क्रममा १६ बर्ष देखी कैदी जीवन बिताइरहेका अमरबहादुर बमदेखि केही महिना पहिले हत्या आरोपमा जेल परेका बुले तामाङ लगायतलाई दूतावासको टोलीले भेटेको थियो । उनीहरुको विषय जटिल भएकाले रिहाइ हुन समय लाग्ने दूतावासले जनाएको छ ।

जेलमा रहेका ६ जनालाई लागुऔषध ओसारपोसारमा संलग्न भएको आरोप लागेको छ । नेपालबाट अचारमा भाङ, धतुरो गाँजा तथा मर्चा मिसाएर ल्याउने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

जेलमा रहेका १० जना महिला भिजिट भिसामा युएई आई वेश्यावृत्ति जस्ता अवैध कार्यमा संलग्न भएका कारण पक्राउ परेको जनाइएको छ । त्यस्तै चोरी आरोपमा १५ जना र अवैधानिक रुपमा बसेको आरोपमा १८ जना नेपाली जेलमा छन् ।

कतिपयलाई पार्क तथा विभिन्न स्थानमा बसेर शारीरिक सम्बन्ध राख्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो । नक्कली कागजपत्र र नक्कली हस्ताक्षर गरी, तथा चेक बाउन्स गरेको आरोपमा १४ जना नेपाली जेलमा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

चितवनमा ‘हनी ट्रयाप’मा संलग्न भएको आरोपमा २ जना पक्राउ

नेपालका विभिन्न स्थानबाट देखिएको आकाशको उज्यालो दृश्य : के थियो त्यो रहस्यमय प्रकाश ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com