काठमाडौ, जेठ, ४ गते । अर्थशास्त्री प्रा.डा. पुस्कर बज्राचार्यले सरकारले ल्याउने बजेट बढी प्रचारमुखी हुने गरेको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने सरकारले ल्याएको नीति तथा कार्यक्रम व्यवहारिक देखिन्छ, तर बजेट कस्तो आउने हो ? बजेट आउदा योजनाहरुको अथार्थता र व्यवहारिक कार्यक्रमलाई ठोस नतिजा दिने गरि बजेट आउनु पर्ने उनको भनाई छ । आत्मनिर्भर अर्थतन्त्रको ढोका खोल्न सरकारले उर्जा , कृषी जस्ता क्षेत्रमा बजेट विशेष प्याकेज ल्याउनुपर्ने उनको भनाई छ । साथै युवा, रोजगार र अर्थतन्त्रलाई नीति तथा कार्यक्रममले विशेष प्राथमिता दिएको उनले बताए । सरकारले कृषि , पर्यटन र आइटीको क्षेत्रमा युवालाई जोडन सके मुलुक समृद्धीको बाटोमा जाने उनले बताए ।



















प्रतिक्रिया दिनुहोस्