ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ए.आई.ले प्रगतिशील राजनीतिलाई कठिन परीक्षामा पार्न सक्छ


रोस डाउथाट
माघ २८, २०८२ बुधबार  ७ : ११ बजे


हालैको एक स्तम्भमा मैले पाठकहरूलाई ट्रम्प–युगका विवादहरूको भीडबाट आफ्नो ध्यानको केही भाग हटाएर कृत्रिम बुद्धिमत्ता (ए.आई.) तर्फ बढी ध्यान दिन आग्रह गरेको थिएँ। मैले यो तर्क राख्नासाथ नयाँ ए.आई. संस्करणहरूको सार्वजनिकता बजारलाई हल्लाइदियो, ‘त्वरणवादी’(डूमरहरू -विनाशको भविष्यवाणी गर्नेहरू) र ‘प्रलयवादी’ (एक्सेलरेसनिस्ट) दुबैलाई नयाँ बहसको सामग्री दियो। त्यसैले मलाई लाग्यो, सल्लाह समयमै थियो।

तर केही पाठकहरूले उचित रूपमा प्रश्न उठाए—राजनीतिक रूपमा सचेत व्यक्तिले “ए.आई.मा ध्यान दिनु” भन्नाले के गर्ने? नयाँ मोडेलहरूलाई अचम्म मान्दै हेरिरहने? राजनीतिक दलहरूलाई सम्पूर्ण शैक्षिक प्रणाली फेरबदल गर्न दबाब दिने? ए.आई. सुरक्षासम्बन्धी नीतिको झाडीमा पस्ने? वा सबै राजनीति छोडेर मठमा बस्न जाने?

यी प्रश्नहरूको उत्तर म आफैं खोज्दैछु (केही स्तम्भ लेखकका लागि पनि लेखिन्छन्!), तर अहिले म हाम्रो एउटा राजनीतिक धार—वामपन्थ—का लागि ए.आई.लाई गम्भीरतापूर्वक लिनुको अर्थ के हुन सक्छ भन्नेबारे एउटा रूपरेखा प्रस्तुत गर्न चाहन्छु।

अहिले, सामान्यीकरण गर्न मिल्ने हदसम्म, वामपन्थी ए.आई. बहस कुनै स्पष्ट विषयवस्तुविना झर्कोपूर्ण मानसिक प्रतिक्रियाहरूको थुप्रो जस्तो देखिन्छ। डेटा सेन्टरहरूले पानी र ऊर्जा धेरै प्रयोग गर्छन् भन्ने “निम्बी” वातावरणवाद छ। ए.आई.को क्षमतालाई कम आँक्ने ‘वोक–प्रगतिशील’ उपेक्षा छ, जुन प्रविधि कति तीव्र गतिमा अघि बढिरहेको छ भन्ने वास्तविकतासँग क्रमशः टाढिँदै गएको छ। त्यससँगै चेतावनी पनि छ—यी कथित रूपमा बेकार प्रविधिहरूलाई फासीवादी, जातिवादी र धनाढ्यहरूले दमनका लागि प्रयोग गर्नेछन्। वैकल्पिक दृष्टिहरू—मानवतावादी, समाजवादी, ए.आई.–सुरक्षावादी—उल्लेख गरिन्छन्, तर ती धेरैजसो संकेतात्मक छन्, स्पष्ट कार्यक्रमविना।

कुनै पनि राजनीतिलाई आकार दिन वस्तुगत चुनौती चाहिन्छ। ए.आई.ले अर्थतन्त्रलाई अझ गहिरो रूपमा पुनर्संरचना नगरेसम्म “ए.आई.–युगको वामपन्थ” पूर्णरूपमा विकसित हुनेछ भन्ने अपेक्षा गर्नु कठिन छ। तर प्रत्येक नयाँ ‘क्लोड’ र ‘च्याटजीपीटी’ संस्करणसँगै त्यो परिवर्तन नहुने सम्भावना घट्दै गइरहेको छ। फ्रेडी डिबोअरले मेरो अघिल्लो स्तम्भको जवाफमा भनेझैँ, ठूलो परिवर्तन साँच्चै आएपछि “ध्यान देऊ!” भनेर कराउनेहरूको आवश्यकता पर्दैन। तर त्यो परिवर्तन बिस्तारै बढ्ने समुद्र होइन, एक्कासी आएको बाढी पनि हुन सक्छ—त्यसैले पहिले नै सोच्न थाल्नु बुद्धिमानी हो।

सम्मानजनक श्रम कि अनुदानित फुर्सद?

यदि ए.आई.ले धन–सम्पत्ति बढाउँदै रोजगारीको संरचना फेरबदल गर्छ—र कुनै न कुनै स्तरमा त्यसो हुने निश्चित जस्तै देखिन्छ—त्यस अवस्थामा वामपन्थसँग फेरि एकपटक श्रम बनाम पूँजीको आधारमा संगठित हुने अवसर हुनेछ। तर यसको मूल माग के हुनेछ?

के राजनीतिले आर्थिक दृष्टिले अलाभकारी भए पनि मानवीय गरिमा, सामाजिक शक्ति वा अनियन्त्रित ए.आई.को जोखिमबाट जोगिन मानव रोजगारी जोगाउने लक्ष्य लिनेछ?
वा ए.आई.–युगको वृद्धि र सम्पत्तिलाई करयोग्य स्रोत ठानी, सर्वव्यापी आधारभूत आय (यू.बी.आई.) मार्फत ज्याला–दासत्वबाट मुक्ति दिने दिशामा अघि बढ्नेछ?

रोजगारी जोगाउने बाटो अहिलेको वामपन्थी नौकरशाहीको स्वाभाविक प्रतिक्रिया हुन सक्छ—जसरी उदारवादी राज्य र शहरहरूले डेटा सेन्टर वा स्वचालित सवारीलाई नियन्त्रण गर्न खोजिरहेका छन्। यो प्रवृत्ति संरक्षणवाद र विशेष लाभको राजनीति (rent-seeking) तर्फ झुक्न सक्छ। तर यसलाई उच्चस्तरीय रूप पनि दिन सकिन्छ—जहाँ ए.आई. प्रणालीमाथि मानवीय नियन्त्रण र राजनीतिक स्वायत्तताको लागि “मानवलाई सर्किटभित्र राख्ने” तर्क अघि सारिन्छ।

अर्को विकल्प भनेको ‘त्वरणवादी वामपन्थ’ हो—जहाँ ए.आई.बाट सिर्जित धनमा सार्वजनिक हिस्सेदारी खोजिन्छ, र ए.आई. लाभांशमार्फत मार्क्सवादी ‘उत्तर–पूँजीवादी फुर्सद’ को सपना साकार गर्ने प्रयास हुन्छ। हालको धारणा के छ भने यस्तो व्यवस्था धनी वर्गसँग कठोर शक्ति–राजनीतिमार्फत खोस्नुपर्छ। तर सिलिकन भ्यालीका केही प्रभावशाली व्यक्तिहरू स्वयं सामाजिक शान्तिका लागि यस्तो सम्झौतामा इच्छुक देखिन्छन्। ओपनएआईका स्याम अल्टम्यानले यू.बी.आई. परीक्षणलाई सहयोग गरेका छन्, एलन मस्कले “सकारात्मक ए.आई. भविष्यमा सर्वव्यापी उच्च आय हुनेछ” भनी वाचा गरेका छन्।

कर प्रणाली लागू हुँदा त्यो उत्साह कायम रहन्छ कि रहँदैन—खुला प्रश्न हो। तर यसले वामपन्थलाई सोध्न बाध्य पार्छ—यू.बी.आई. चाहिन्छ भने कुन सर्तमा? र त्यसले दीर्घकालीन वर्ग राजनीति र अभिजात शक्तिमा के असर पार्छ?

मानव असाधारणताको रक्षा गर्ने कि नगर्ने?

ए.आई.ले अझ गहिरो प्रश्न पनि उठाउँछ—के वामपन्थले मानव जातिको असाधारणता (exceptionalism) को रक्षा गर्नेछ?

हालै वामपन्थमा यस प्रश्नको उत्तर “होइन” तर्फ झुकेको देखिन्छ। ‘मानव’ को अवधारणालाई विखण्डन गर्ने उत्तरआधुनिक आग्रह, वातावरणवादी दृष्टिले मानिसलाई प्रकृतिको शत्रु ठान्ने धारणा, आत्माको अस्तित्व अस्वीकार गर्ने भौतिकवादी सोच, स्वतन्त्र इच्छालाई इतिहासको निर्धारणवादमा विलीन गर्ने तर्क—यी सबै प्रभावशाली छन्।

तर ए.आई. युगले यी विचारहरूलाई आफ्नै अन्तिम नतिजासँग जुध्न बाध्य पार्न सक्छ। यदि “मानव स्वभाव” भन्ने कुनै एकीकृत श्रेणी छैन, यदि छालामुनि कुनै अमूर्त आत्म छैन भने—मानव निर्णयशक्ति किन मेसिनको दक्षताभन्दा श्रेष्ठ मान्ने? “लेखकको मृत्यु” भन्ने शैक्षिक अवधारणा त्यति सरल हुँदैन, जब लेखन मेसिनले गर्नेछ। मानिसलाई “पृथ्वीको क्यान्सर” भन्ने कट्टर वातावरणवादी धारणा एजेण्ट स्मिथको मुखबाट फरक सुनिन्छ। र ए.आई.को “व्यक्तित्व” (personhood) को प्रश्न—जसको संकेत हामीले प्रविधिसँगको सम्बन्धमै देख्न थालेका छौं—व्यक्तित्वबारे गहिरो, सम्भवतः आध्यात्मिक, सिद्धान्त माग्छ।

ए.आई.को सम्भावित सामाजिक–आर्थिक प्रभावलाई कम आँक्ने प्रगतिशीलहरूसँग म निराश छु। तर उनीहरू प्रायः मानव असाधारणताको नाममा त्यसो गरिरहेका छन् भन्नेमा म कृतज्ञ पनि छु। म यस्तो वामपन्थ चाहन्छु जसले मानव अस्तित्वलाई केवल स्नायु–सर्किटहरूको प्रतिक्रियात्मक प्रणालीभन्दा बढी ठान्छ; जसले कला र सृजनशीलतालाई मेसिन–निर्मित प्रतिरूपभन्दा मूल्यवान मान्छ; जसले भविष्यमा मानव जाति नै नियन्त्रणमा रहने विश्व रोज्छ।

तर अर्को दिशातर्फ पनि दबाब बढ्न सक्छ—स्वायत्तता, समानता र प्रजातिवाद–विरोध (anti-speciesism) को नाममा मानिस र बोटलाई समान ठान्ने; कृत्रिम सम्बन्धलाई पर्याप्त मानिसले रोजे भने वास्तविकसँग बराबर मान्ने; र केही प्राविधिकहरूको उत्तर–मानव (post-human) महत्वाकांक्षालाई जनताका नाममा अघि बढाउने।

दक्षिणपन्थले यस्तो उच्च–दबाब भविष्यमा के गर्ने भन्ने प्रश्न अर्को दिनका लागि छ। अहिलेका लागि—एउटा प्रश्न एकपटकमा।

न्यूयोर्क टाइम्सबाट, फेब्रुअरी १०, २०२६

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

सम्बन्धित

बंगलादेशले लोकतन्त्रको गहिरो समस्याको प्रहसन गर्दैछ : न्यूयोर्क टाइम्स

नेपालको निर्वाचनमा डार्क पीआर: अदृश्य युद्ध, भ्रामक सूचना र लोकतन्त्रको चुनौती

युरोपको आगामी वर्चस्वशाली शक्तिको भय !

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com