ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती


एबीसी न्यूज
जेष्ठ १३, २०८३ बुधबार  ९ : ३१ बजे

काठमाडौं १३ जेष्ठ ।प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा अवस्थित सुन खानीको शहर मोंग्बालु हाल इबोला भाइरसको प्रकोपबाट सर्वाधिक प्रभावित क्षेत्र बनेको छ । यस क्षेत्रमा भाइरसको संक्रमणसँगै सर्वसाधारणमा व्याप्त डर, अफवाह र अविश्वासले स्वास्थ्य संकटलाई थप जटिल बनाएको छ । मोंग्बालुको शुनी १ टोलमा इबोलाले जनजीवन प्रभावित तुल्याएको छ । त्यहाँका स्थानीय बासिन्दाहरू स्वास्थ्य प्रणालीको कमजोरी र भीडभाडका कारण मात्र नभई, गलत सूचनाका कारण पनि त्रसित छन् । सुरक्षित अन्त्येष्टि टोली गाउँ पस्दा स्थानीयहरू भयभित र रुष्ट देखिने गरेका छन् । केही बासिन्दाहरू स्वास्थ्यकर्मीले शव कब्जा गरेको आरोप लगाउँछन् भने कतिपयले प्रयोग गरिएका शव व्यवस्थापनका सामग्री र कफिनका कारण नै मानिसहरूको मृत्यु भइरहेको भ्रामक विश्वास पालेका छन् । 
कङ्गोको स्वास्थ्य अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मोंग्बालु स्वास्थ्य क्षेत्रमा ३३९ संदिग्ध संक्रमित र ८८ जनाको मृत्यु भइसकेको छ । सशस्त्र हिंसा र विस्थापनको चपेटामा परेको पूर्वी कङ्गोमा स्वास्थ्य सेवाको पहुँच पहिलेदेखि नै सीमित रहेको छ । 
अन्त्येष्टि टोलीका सुपरभाइजर जोन तुमुद्जिबेकाअनुसार समुदायमा फैलिएको भ्रम चिर्न मृतकका परिवारलाई नै प्रक्रियामा सहभागी गराउने रणनीति अपनाइएको छ । इबोला भाइरस शरीरका तरल पदार्थबाट सर्ने भएकाले परम्परागत अन्त्येष्टि पद्धति (शवलाई धुने र छुने कार्य) संक्रमण फैलाउने मुख्य कारक मानिन्छ । सुरक्षित अन्त्येष्टि टोलीले शवलाई कीटाणुरहित बनाउने, सुरक्षित रूपमा ¥यापिङ गर्ने र नियन्त्रित सुरक्षा उपायका साथ अन्त्येष्टि गर्ने गर्दछ । शुरुमा प्रतिरोध गर्ने केही स्थानीयहरू अहिले यो प्रक्रिया स्वीकार गर्न थालेका छन् । 
स्वास्थ्यकर्मीहरूले केवल भाइरससँग मात्र नभई, समुदायमा व्याप्त आक्रोश र हिंसासँग पनि लड्नु परिरहेको छ । मे २१ यता इटुरी प्रान्तमा इबोला उपचार र आइसोलेसन केन्द्रहरूमा कम्तीमा तीनवटा आक्रमणका घटनाहरू दर्ता भएका छन् । 
रुवाम्पारामा परम्परागत अन्त्येष्टिका लागि शव नदिइएको भन्दै प्रदर्शनकारीहरूले उपचार केन्द्रमा आगजनी गरेका थिए । त्यस्तै, मोंग्बालुमा डक्टर्स विदाउट बोर्डर्सको सहयोगमा निर्मित टेन्टहरू जलाइएका छन् । आईतवार साँझ मात्र केही युवाहरूको समूहले मोंग्बालु जनरल अस्पतालमा आक्रमण गरी दुईवटा शव जबर्जस्ती लैजाने प्रयास गरेका थिए, जसका कारण चिकित्सक र बिरामीहरूले भागदौड गर्नुपरेको थियो । 
अत्यन्तै कठिन परिस्थितिमा काम गरिरहेका मोंग्बालुका स्वास्थ्यकर्मीहरूले आधारभूत सुविधा समेत पाएका छैनन् । तुमुद्जिबेकाअनुसार अन्त्येष्टि टोलीका सदस्यहरूले पारिश्रमिक बिना नै केवल मानवीय जिम्मेवारी बोधले काम गरिरहेका छन् । अधिकारीहरूले यो संकट समाधानका लागि स्थानीय समुदायको सहयोग र चेतना अभिवृद्धिमा जोड दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतमा १० दिनभित्रै चौथो पटक इन्धनको मूल्य वृद्धिः नयाँ दिल्लीमा पेट्रोलको मूल्य १०० रुपैयाँ नाघ्यो

राष्ट्रपति पौडेलको आग्रह : सगरमाथाको प्राकृतिक स्वरूप जोगाऔं, जलवायु संकट सामना गरौं

सम्बन्धित

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

इरानमाथि अमेरिकी आक्रमण: शान्ति वार्ताको भविष्य अनिश्चित !

सगरमाथाको चुचुरोमा कूटनीतिक ‘पावर-प्ले’: उपविदेशमन्त्री रोजर्स नेपाल आउँदै

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई सहर छोड्न आग्रह

शान्ति वार्ताको ओझेलमा सैन्य कारबाही: इरानमाथि अमेरिकाको नयाँ आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com