ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धेरै कर तिरेर सुविधा लिनुहोस् – अर्थमन्त्री खतिवडा


admin

काठमाडौँ, २ चैत। अर्थमन्त्री डा युवराज खतिवडाले नगरवासीले बढी कर तिरेर सुविधा धेरै लिनुपर्नेमा सेवा धेरै खोज्ने तर कर तिर्न नखोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

नेपाल नगरपालिका संघको रजत महोत्सव समारोहमा उहाँले कर नतिरी सुविधा खोज्दा मुलुकको ऋण बढ्ने बताउनुभयो । “भूउपयोग नीति बने पनि ऐन नबन्दा भूमिको जथाभावी प्रयोग भएको छ, सरकार छिटो भूूउपयोग ऐन संघीय संसद्मा पेश गर्ने तयारीमा छ”, डा खतिवडाले भन्नुभयो । बस्ती विकासलाई व्यवस्थित बनाइनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । जनसंख्याको दुई तिहाइ जनता नगरवासी भएको बताइएको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय सरकार बलियो बनाइएको संविधान दक्षिण एशियामै नेपाल पहिलो भएको जिकिर गर्नुभयो । “संघीय सरकारको कर्मचारीतन्त्र स्थानीय तहमा अधिकार दिने पक्षमा छैन, यसैले स्थानीय तहले पाएको अधिकार सशक्त र प्रभावकारी ढंगले प्रयोग गर्नुपर्छ, स्थानीय तहले बनाएको कानून राष्ट्रपति र प्रधानमन्त्रीले पनि मान्नुपर्छ”, उहाँले भन्नुभयो ।

विसं २०५४ देखि हालसम्म संघको अध्यक्ष रहनुभएका मुख्यमन्त्री पौडेलले स्थानीय सरकारलाई बलियो बनाउन संघ २० वर्षसम्म लडेको बताउँदै अस्तव्यस्त शहरी विकास रोकी व्यवस्थित बनाउन नगरपालिकाका साथमा प्रदेश सरकार रहेको स्पष्ट गर्नुभयो । कार्यक्रम संयोजक एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु, संघका कार्यकारी सचिव कलानिधि देवकोटालगायतले कानूनी रुपमा दिइएको अधिकार कार्यान्वयनमा नगरपालिकाले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगरपालिकाको संस्थागत र क्षमता विकासमा योगदान पु¥याएवापत खेमराज नेपाल, अरुण रेग्मी, कनकमणि दीक्षित, लजना मानन्धर, अमृत राई, सञ्जीव पोखरेल, संघका उत्कृष्ट कर्मचारी पवन बस्नेत, युनाइटेड सिटी अफ लोकल गभर्नेन्स एशिया प्यासिफिककी डा इरावती बर्नादिया, तेजेन्द्रादेवीलगायतलाई सम्मान गरिएको थियो ।

सो अवसरमा प्रदेश नं १ बाट दमक, प्रदेश नं २ बाट गणेशमान चारनाथ, प्रदेश नं ३ बाट भरतपुर महानगरपालिका, प्रदेश नं ४ बाट वालिङ, प्रदेश नं ५ बाट बुटवल उपमहानगरपालिका, प्रदेश नं ६ बाट चन्दननाथ र प्रदेश नं ७ बाट भीमदत्त नगरपालिकालाई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ दिइएको थियो । बिल गेट्स फाउन्डेशनले नेपाल र बंगलादेशका पाँच पाँच नगरपालिकामा खानेपानी र सरसफाइ कार्यक्रममा सहयोग गर्ने सम्झौतामा पनि सो अवसरमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com