ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिटरब्याज पीडितद्वारा मकवानपुर प्रशासनले ‘घर फर्कन’ गरेको आग्रह अस्वीकार


एबीसी / संवाददाता
चैत्र १०, २०७९ शुक्रबार  ९ : ३८ बजे

मकवानपुर, १० चैत । मिटरब्याजी शोषणविरुद्ध महोत्तरीको बर्दिबासदेखि काठमाडौँसम्मको ‘मार्च’ मा निस्केका पीडितलाई मकवानपुरबाटै फर्काउने सरकारी प्रयास असफल भएको छ । भीमफेदी बजार आइपुगेका उनीहरूले काठमाडौँसम्मको ‘मार्च’ लाई निरन्तरता दिने भन्दै मकवानपुर प्रशासनको आग्रहलाई अस्वीकार गरेका हुन् ।

मिटरब्याजविरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन मधेसका विभिन्न जिल्लाबाट संगठित भएर बर्दिबासबाट सुरु भएको मार्च आठौँ दिन मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी बजार नजिकै पुगेको छ । सरकारको निर्देशनमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, प्रहरी प्रमुख उपरीक्षक वामदेव गौतमसहितको टोलीले शुक्रबार बिहानै उनीहरुलाई भेटेर ‘घर फर्कन’ गरेको आग्रह मिटरब्याज पीडितहरुले अस्वीकार गरेका हुन् ।

नवौँ दिनको मार्च सुरु हुनु अगाडि पीडितलाई भेट्दै प्रजिअ पाण्डेले ‘तपाईंहरुको मागप्रति सरकार गम्भीर छ । आवश्यक कानुन निर्माण हुने क्रममा रहेको छ । कानुन निर्माण भएपछि पक्कै पनि तपाईंहरुको माग सम्बोधन हुनेछ’ भन्दै घर फर्कन आग्रह गरेका हुन् ।

सरकारले ‘मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल’ नै बनाएको घोषणा गरे पनि आफूहरुको माग डेढ वर्षदेखि सम्बोधन नभएपछि ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ नै बनाएर आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरुले बताएका थिए ।

प्रजिअ पाण्डेले वृद्धवृद्धा र महिलाहरु दूधे बच्चा नै बोकेर हिँड्दा स्वास्थ्यमा असर पर्नसक्ने भन्दै सवारी साधनको व्यवस्था गरिदिने बताएपनि उनीहरुले मानेन् । पीडितको माग अनुसार नै बस्न र खानका लागि आवश्यक स्थान तथा खाद्यान्न उपलब्ध गराइदिने प्रतिबद्धतासहित सरकारी टोली फर्किएको छ ।

चैत २ मा बर्दिबासबाट काठमाडौंका लागि हिँडेको आन्दोलनरत समूह आठौँ दिनमा मकवानपुर भीमफेदी गाउँपालिका–१ स्थित धोर्सिङमा बास बसेका थिए । उक्त स्थान भीमफेदी बजारभन्दा तीन किलोमिटर परै पर्छ । उनीहरू अब तीन दिनमा काठमाडौं पुग्ने योजनामा छन् । त्यसपछि माइतीघर मण्डलमा ‘तमसुक व्यवस्था खारेज गर’ भन्ने मुख्य नारासहित धर्ना बस्ने योजनामा रहेका छन् ।

किसानको आन्दोलन नवौं दिनसम्म आइपुग्दा सरकारी प्रतिनिधिले उनीहरुसँग भेटेको भने पहिलो पटक हो । डेढ वर्षदेखि आन्दोलनमा रहेका उनीहरुले मधेस सरकारका मुख्यमन्त्री तथा प्रमुख जिल्ला अधिकारीलाई आफ्नो मागबारे जानकारी गराएपनि पूर्णरुपमा बेवास्ता भएपछि संघर्षमा उत्रिएका हुन् ।

पीडितहरुको यो दोस्रो चरणको संघर्ष हो । काठमाडौँ केन्द्रित पहिलो संघर्षपश्चात् गत जेठ अन्तिममा देशभरबाट आएका विपन्न किसान न्याय माग्दै माइतीघर मण्डलमा धर्ना बसेका थिए । २८ जेठदेखि १४ दिन र साउन १८ देखि ४७ दिन गरी दुई चरणमा ६१ दिन धर्ना बसेपछि सरकारले १ असोजमा सम्झौता गरेको थियो । गृह मन्त्रालयले गरेको सम्झौतामा मिटरब्याजी सुदखोरहरूले धनसम्पत्ति लिन गरेका लिखत वा मौखिक धम्कीबाट किसानलाई मुक्त गर्ने, सुदखोरहरूको सम्पत्ति छानबिन गर्ने, मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति भराउने उल्लेख थियो । साँवाब्याज चुक्ता गर्दा वा गर्न तयार हुादा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा जग्गा फिर्ता गर्न अन्तरनिकाय समन्वय गर्नेलगायत सहमति भएको थियो ।

जिल्ला जिल्लाबाट आएका किसान कठोर धर्नामा बसेपछि सरकारले गरेको सम्झौता अहिले अलपत्र छ ।

पीडित किसानहरुको शुक्रबारको बसाई इन्द्रसरोबर गाउँपालिकाको कुलेखानीमा हुने बताइएको छ । उक्त क्षेत्र असाध्यै चिसो हुने स्थान हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com