कटारी, ६ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेको बताएका छन् । उनले अहिलेको राजनीति कुनै पनि बेला जता पनि मोडिन सक्ने स्थितिमा रहेको बताए ।
उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित कार्यकर्ता भेटघाटमा उनले संघीयता र गणतन्त्रसमेत धरापमा पर्न सक्ने खतरा उत्पन्न भएको तर्क गरे । नेपालको राजनीतिक आकाशमा अहिले कालो बादल मडारिरहेकाले संघीयता र संविधानमाथि नै खतरा रहेको अध्यक्ष नेपालको भनाइ छ ।
अध्यक्ष नेपालले निर्वाचनका बेला एउटा गठबन्धन हुने र परिणाम आइसकेपछि अर्को गठबन्धन भएकाले यो गठबन्धनको सरकार अब धेरै दिन टिक्न नसक्ने दाबीसमेत गरे ।



















प्रतिक्रिया दिनुहोस्