ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीमा फसेका गर्भवती महिलाको उद्धार


admin
असार २८, २०७४ बुधबार   ३ : ०५   बजे

राजविराज, २८ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी गाउँमा बाढीमा फसेका एक गर्भवती महिलालाई उद्धार गरिएको छ ।
स्थानीय ३० वर्षीया ज्योतिदेवी मिश्रालाई उद्धार गरिएको हो । घरमा करिब दुई फिट पानी पसेर समस्यामा रहेकी मिश्रलाई स्थानीयवासीको सहयोगमा उद्धार गरिएको हो । स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

यसैबीच आर्थिक अवस्था कमजोर भएकी उक्त गर्भवती महिलालाई स्थानीय व्यवसायी अङ्कितकुमार र शिवशङ्कर पौडेलले जनही रु पाँच हजारका दरले सहयोग गर्नुभएको छ ।

बाढीपीडितलाई राहत
हालै आएको बाढीका कारण सप्तरीका घरबारविहीन तथा बाढीपीडित परिवारलाई राजनीतिक दल, पत्रकार, समाजसेवी र विभिन्न सङ्घसंस्थाले राहत वितरण गरेका छन् ।
नेकपा ९एमाले० राजविराज नगर कमिटिले एक हजार १५५ परिवारलाई त्रिपाल एक थान, झुल एक, डेढ केजी चामललगायतका सामग्री वितरण गरिएको जनाएको छ ।
युवा सङ्घ, अनेरास्वयु तथा टेड्र युनियन महासङ्घ केन्द्रीय समितिले संयुक्तरुपमा सप्तरीका बाढीपीडितका लागि पठाइएको राहत सामग्री वितरण गरेको एमाले सप्तरीले जनाएको छ ।

सो राहत वितरणमा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल, सहसंयोजक नागेन्द्र चौधरी, पोलिटब्युरो सदस्य रामपृत पासवान, केन्द्रीय सदस्य सुमनराज प्याकुरेललगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

यस्तै रौतहटका युवा पत्रकारको अगुवाइमा संकलन गरिएको राहत सामग्री सप्तरीको सकरपुरा र रायपुरमा वितरण गरिएको छ । बाढीपीडितलाई चुरा, दालमोठ, बिस्कुट, भुजिया, झुल, मिनरल वाटर, चाउचाउ, गम्छा, सेनेटरी प्याडसहितका सामग्री दुवै ठाउँका १०० परिवारलाई वितरण गरिएका छन् ।
त्यस्तै सकरपुरामा जिल्ला खानेपानी डिभिजन कार्यालय राजविराजले ६५ परिवारलाई एक÷एक थान बाल्टिनसहित सरसफाइ सामग्री वितरण गरेको जिल्ला खानेपानी कार्यालयका प्रमुख लोकेन्द्र यादवले जानकारी दिनुभयो ।

सप्तरीमा एक हप्ता अगाडि वर्षासँगै विभिन्न खोलमा आएको बाढीले एक हजार ५०० बढी घर डुबानमा परेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

Why Doesn’t Balen Like Parliament?

Balen Style : Questions Swirl Around Nepal’s E-Passport Investigation

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group