ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सयपत्री फूलले बढायो तिहारको चहलपहल


एबीसी / संवाददाता
कार्तिक १५, २०७८ सोमबार  २ : ५० बजे

रामपुर । ढकमक्क फुलेका सयपत्री फूल देख्दा कस्को पो मन लोभिदैन र रु घरका आँगन वरिपरि, बगैँचाभरि फुलेका फूलले सौन्दर्य मात्र नभई तिहारको चहलपहल बढाएको छ । रामपुरका युवा व्यवसायी दिलबहादुर थापाले लगाउनुभएको सयपत्री फूलले यतिखेर सबैको मन लोभ्याएको छ । यहाँ तिहारलाई फूल खरिद, अवलोकन तथा टिकटक बनाउन, फोटो र भिडियो खिच्न जानेको आकर्षण छ । बुटवल, तानसेन, नेपालगञ्जलगायत विभिन्न बजारबाट फूलको माग अत्यधिक आएको छ तर स्थानीयलाई नै प्राथमिकता दिने गरी यस पटक भने बाहिरी बजारमा निर्यात नगर्ने थापाले बताउनुभयो ।

“विभिन्न ठाउँबाट फूल चाहियो भनेर व्यापारीले फोन गरिराख्नुभएको छ, स्थानीयबाट पनि माग उत्तिकै भएको हुँदा अहिले सबै फूल रामपुरमा नै खपत गर्नेछु”, उहाँले भन्नुभयो । यतिबेला घर अगाडिको धान फल्ने खेतभरि पहेँलै फुलेको फूलसँगै फोटो खिचाउने, टिकटक बनाउने, भिडियो खिच्नेको लर्को देख्दा आनन्दानुभूति लागेको उहाँ बताउनुहुन्छ । उहाँले तिहारलाई लक्षित गरी करिब चार रोपनी जग्गामा फूल लगाउनुभएको छ । यस पटकको तिहारमा मात्रै फूल बिक्रीबाट करिब रु एक लाख ५० हजार बराबरको आम्दानी गर्ने उहाँको लक्ष्य छ । एक मालाको रु १५० र एक किलो फूलको मूल्य रु ५०० कायम गरिएको छ । युवा उद्यमी थापाले तीन वर्ष अघिदेखि फूलको व्यावसायिक खेती गर्नुभएको हो । तरकारी खेतीमा लाग्नुभएका थापाले परीक्षणका रुपमा सयपत्री फूल लगाउनुभएको छ । उहाँले यसमा ग्राहकको आकर्षण र माग बढेपछि व्यावसायिक रुपमा खेती गरिरहनुभएको छ ।

यसभन्दा अघि तीन पटक सयपत्री फूलको उत्पादन लिइसक्नुभएको छ । तरकारी खेतीको तुलनामा फूलबाट दोब्बर कमाइ गर्नसक्ने उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ, “आम्दानीका हिसाबले हेर्ने हो भने फूलबाट धेरै कमाउन सकिन्छ, यहाँ व्यावसायिक खेती अन्यत्र नहुँदा पनि माग धेरै आउँछ, तर पु¥याउनै सकिँदैन, व्यवसाय विस्तार गर्दै जानुपर्ने छ ।” उहाँले वैदेशिक रोजगारीको एक दशकको अनुभवपश्चात् गाउँ फर्केर तरकारी र फूल व्यवसाय एकैसाथ अगाडि बढाउनुभएको छ । यस व्यवसायमा थापाका श्रीमती सुकमाया सारुले सघाउँदै आउनुभएको छ । श्रीमान् श्रीमतीको अहिले दिनचर्या नै फूल टिप्ने, माला तयार पार्नेजस्ता कार्यमा बितेको छ । घर वरिपरि जताततै फुलेका फूलले रमाइलो मात्र नभई परिवारको आयस्रोत बढाएको सुकमाया बताउनुहुन्छ । “फूल उत्पादन गर्न थालेपछि हाम्रो परिवारको पहिचान नै फेरिएको छ, यहाँ दैनिक अवलोकन गर्न आउनेको चहलपहल देख्दा रमाइलो लाग्छ, आम्दानी पनि भयो, हेर्दा सुन्दरता दिने फूलले सबैलाई लोभ्याएको छ”, उहाँले भन्नुभयो ।

उहाँले पहिलो वर्षको तिहारमा करिब रु एक लाख, दोस्रो वर्ष गत वर्ष करिब रु दुई लाख ५० हजार फूल बिक्रिबाट आम्दानी गर्नुभएको छ । रामपुर नगरपालिकामा नयाँ र पहिलो व्यवसाय भएकाले पनि यस क्षेत्रमा हुने विभिन्न कार्यक्रम, शुभकार्यमा यसको प्रयोग बढ्दो छ । तीन वर्ष अघि नगरपालिकाले बुटवलमा एक हप्ताको पुष्प व्यवसायसम्बन्धी तालिममा पठाएपछि थापाले लगत्तै खेती सुरु गर्नुभएको हो । नयाँ र पहिलो व्यवसाय भए पनि परीक्षणका क्रममै सबैको आकर्षण बढाउन थालेपछि यतिखेर यहाँको व्यवसायले चर्चा पाएको छ । फूलसँगै करिब दश रोपनी जग्गामा तरकारी व्यावसाय छ ।

“दश वर्षसम्म बहराइन बसियो, विदेशको धेरै अनुभव भयो, त्यहाँको पीडा र व्यथा जसले भोग्यो उसलाई मात्रै थाहा हुन्छ, अहिले गाउँ फर्केर तरकारी र फूल लगाउन थालेपछि परिवारको साथमा खुसीसाथ जीवन बिताएको छु”, थापाले भन्नुभयो । फूल अभाव हँुदै जाँदा कृत्रिम मालामा आकर्षण बढेका बेला यहाँ युवाले थालनी गरेको पुष्प व्यवसाय नमूना बनेको सञ्चारकर्मी सीता डोटेल बताउनुहुन्छ ।
“पछिल्ला समय गाउँघरमा फूल कम उत्पादन हुँदै गरेका बेला यहाँ थालनी गरिएको सयपत्री फूलले छोटो समयमा धेरै चर्चा बटुलेको छ, लोप अवस्थामा रहेको फूललाई संरक्षण गर्दै व्यावसायिक ढङ्गबाट खेती गर्न युवालाई उप्रेरित गराउँदै सम्बन्धित स्थानीय सरकारले सहयोगका कार्यक्रम ल्याएमा निरन्तरता पाउनेछ”, उहाँले भन्नुभयो । युवा उद्यमी थापाको पुष्प व्यवसाय पाल्पाकै नमुना बनेको छ । पाल्पामै व्यावसायिकरुपमा थापाले रामपुरमा खेती सुरु गर्नुभएको छ ।

कम लगानीमा छोटो समयमा राम्रै आम्दानी गर्न सकिने हुँदा थापाले क्रमिकरुपमा क्षेत्रफल बढाउँदै जानुभएको छ । रामपुरभित्र विभिन्न सङ्घ संस्थाको आयोजनामा हुने विविध कार्यक्रममा यहाँ उत्पादन भएको फूल प्रयोगमा आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com