ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)


एबीसी न्यूज
असार १, २०८३ सोमबार   ६ : ०५   बजे

काठमाडौं, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ल्याएको छ। सोमबार मधेश प्रदेशसभामा बजेट प्रस्तुत गर्दै मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले ४१ अर्ब भन्दा माथिको बजेट प्रस्तुत गरेका हुन्।

कुल बिनियोजनमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५ दशमलव ५४ प्रतिशत र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६४ दशमलव ३६ प्रतिशत रहेको उनले बताए।

उनले बजेटको स्रोत व्यवस्थापनतर्फ प्रदेश सरकारले आन्तरिक राजस्व तथा विविध आयबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने र संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको मन्त्री भट्टराईले बताए।

संघीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ र चालु आर्थिक वर्षबाट बाँकी रहने नगद मौज्दात ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ व्यहोरिने उनले बताए। उल्लेखित स्रोतहरूबाट खर्च व्यहोर्ने गरी न्यून रहेको १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणमार्फत पूर्ति गर्ने व्यवस्था मिलाइएको मन्त्री भट्टराईले जानकारी दिए।

उनले मेड इन मधेश, समृद्ध प्रदेशको साझा संकल्पलाई साकार पार्न आर्थिक वर्षमा उत्पादन र रोजगारी वृद्धि, मानव विकास र सामाजिक न्याय, दिगो पूर्वाधार र वातावरणीय सन्तुलन तथा सुशासन र पारदर्शी सेवा प्रवाहमा विशेष ध्यान दिइने धारणा राखे।

त्यस्तै विगतको मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाउ कार्यक्रमलाई परिमार्जन गर्दै शिक्षित छोरीस् सुरक्षित मधेश, उद्यमशील नारीस् समृद्ध प्रदेश संकल्पका साथ मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम कार्यान्वयनमा ल्याइने मन्त्री भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group