काठमाडौं, १ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को लागि ३२ अर्ब ९९ सय करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ ।यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब २ करोड बढी हो । चालु आवमा सरकारले ३१ अर्ब ९७ करोड ९९ लाखको बजेट ल्याएको थियो ।
सोमबार प्रदेशसभामा गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले प्रदेश सरकारको आयव्ययको (अनुमान) विवरण प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।बजेटमा चालुतर्फ १२ अर्ब ७२ करोड २६ लाख अर्थात् ३८।५६ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख अर्थात् ६०।६८ प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड छुट्याइएको छ ।खर्चको स्रोतमा आर्थिक मामिलामन्त्री शेरचनले नेपाल सरकार वित्तीय समानीकरणबाट ७ अर्ब ४ करोड ८२ लाख, राजश्व बाँडफाँट १० अर्ब १६ करोड ४७ लाख, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४ लाख, ससर्त अनुदान ३ अर्ब ९३ करोड, समपूरक अनुदान ५५ करोड ४६ लाख, विशेष अनुदानबाट ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरे ।
आन्तरिक स्रोत परिचालनबाट ५ अर्ब ४ करोड १ लाख अनि चालु आर्थिक वर्षबाट २ अर्ब मौज्दात भएको बताएका छन् । उनले अपुग १ अर्ब ७५ आन्तरिक ऋणबाट पूर्ति गर्ने घोषणा पनि गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्