ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार गर्नेमाथि छानबिन गर्न अध्यक्ष नेपालको आग्रह


एबीसी / संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गर्नुभएको छ । एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन एवं विजयादशमी, शुभदीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा आज आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उहाँले सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

केपी शर्मा ओली सरकारको पालामा भएका यती, कोरोना महामारीको बेलामा भएको औषधि खरिदलगायत धेरै मुद्दाको ढाकछोप गर्ने कोसिस भएको बताउँदै उहाँले राज्यको सम्पत्तिको दुरुपयोग गर्नेलाई एक–एक छानबिन गर्ने काम गर्न आग्रह गर्नुभयो । “संसारका देशमा प्रधानमन्त्रीदेखि जुनसुकै ओहोदाका व्यक्तिलाई पनि राज्यको सम्पत्तिको दुरुपयोग गर्छ र भ्रष्टाचार गर्छ भने त्यसमाथि छानबिन हुन्छ”, उहाँले भन्नुभयो, “तर यहाँ कुनै पनि छानबिन भएन, त्यसतर्फ ध्यान दिन प्रधानमन्त्री र वर्तमान सरकारलई म आग्रह गर्न चाहन्छु ।” सो क्रममा उहाँले आफ्नो पार्टी लोकतान्त्रिक विधि र तरिका अवलम्बन गर्न चाहेको बताउँदै पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन र यदि गलत काम गरेको खण्डमा त्यहाँ राखिने छैन भनेर प्रस्ट भनिसकेको बताउनुभयो ।

“यदि भनेजस्तो काम गरेन भने कारबाही गर्दै मन्त्रीबाट हटाइनेछ”, उहाँले भन्नुभयो, “भ्रष्टाचार, अनुचित काम गर्ने र देशलाई आँच पु¥याउने खालका काम गर्नेलाई छुट दिन सकिदैन ।” उहाँले आफ्नो पार्टीबाट मन्त्री भएकालाई आइतबार बोलाएको बताउँदै सो क्रममा थप निर्देशन दिने उहाँले बताउनुभयो । उहाँले सरकारमा बस्नेलाई गलत काम गर्न छुट नभएको उल्लेख गर्दै यसअघिको ओली सरकारका पालामा देशको ढुङ्गा, गिट्टी, बालुवा सबै भारत निकासी गर्न छुट दिएर चुरेभावर क्षेत्र बिजोग हुने र पर्यावरणमा असर पार्ने अवस्था बन्दै गएको बेला आफूले त्यसको रोक लगाउन आवाज उठाएको स्मरण गर्नुभयो ।

गणतन्त्रको खिसिट्युरी गरेकाले सरकार ढालेको र अझै पनि त्यस्तै व्यवहार देखाए पार्टीमा पनि समस्या उत्पन्न हुने बताउँदै कर्णाली प्रदेशमा आफू नेतृत्वको पार्टी सरकारमा सामेल भइसकेको बताउनुभयो । अब बागमती प्रदेश र प्रदेश नं १ मा छिट्टै नै आफू नेतृत्वको पार्टीको नेतृत्वमा सरकार बन्ने निश्चित भएको उहाँले बताउनुभयो । त्यससँगै सुदूरपश्चिम प्रदेशमा आफू नेतृत्वको पार्टी एक नम्बरको भएको र प्रदेश २ मा एकीकृत समाजदावी पार्टी एमालेभन्दा अगाडि रहेको दाबी गर्नुभयो । पार्टी विस्तारै मजबुद हुँदै गएको दाबी गर्दै उहाँले नेता, कार्यकर्तालाई आफ्नो तह र जिम्मेवारीलाई अवलम्बन गर्न निर्देशन दिनुभयो ।

पाँच दलको गठबन्धन सरकार भएको जस्तै अब हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकारमा रहेका दललगायत अरु दलसँग सुमधुर सम्बन्ध राख्दै सहमति गरेर अगाडि बढ्न उहाँले निर्देशन दिनुभयो । सो क्रममा उहाँले विदेशी वस्तुुले बजार ओगट्न थालेकाले त्यस्तो अवस्थालाई आफ्नो पार्टी बन्द गर्न चाहेको बताउँदै युवालाई व्यावसायिक सीप, ज्ञान, पूँजी र बजार उपलब्ध गराएर उत्पादनमा अग्रसर गराउने काम गर्न आवश्यक रहेको बताउनुभयो ।्

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले अघिल्लो सरकारले गरेको गलत कामका विरुद्धमा सङ्घर्ष गरेर गुम्न लागेको उपलब्धिलाई रक्षा गर्नका लागि हिम्मतका साथ अगाडि बढेर गरेको प्रतिगमनविरुद्धको आन्दोलनको नेतृत्व गरेको भन्दै माधवकुमार नेपालको प्रसंशा गर्नुभयो ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी का केन्द्रीय सदस्य कान्छाराम तामाङले विचारले नै सबै चिजको निर्धारण गर्ने भएकाले विचारसहित पार्टी गठन गरेर नेपालले सही निर्णय गरेको बताउनुभयो । जुनसुकै दलको नेतृत्वमा सरकार बने पनि दलितहरूले कहिल्यै पनि न्याय पाउने अवस्था नबनेको बताउनुभयो ।

कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का नेता एवं पूर्वसंविधानसभा सदस्य तेजबहादुर मिजार, कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्य, एकीकृत समाजवादीका नेता शिवबहादुर देउजा र जिल्ला उपाध्यक्ष वसुन्धरा हुमागाईँले शुभकामनासहितको आफ्नो धारणा राख्नुभएको छ । सो क्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले बनेपा नगरपालिका–७ रेडक्रस चोकमा स्थापना गरेको जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com