ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास निर्माण र कला संरक्षणमा उपभोक्ता पनि जिम्मेवार हुनुपर्छ–मन्त्री भुसाल


एबीसी / संवाददाता
आश्विन २३, २०७८ शनिबार  ४ : २३ बजे

काठमाडौ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकास निर्माण र कला संरक्षणमा नीति निर्माता मात्र नभई उपभोक्ता पनि जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

सामुदायिक विकास कोष समितिको सचिवालय ललितपुर महानगरपालिका–२२ ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आफ्ना संस्कृति, पर्व एवं विकास निर्माण कार्यलाई उपभोक्तास्तरबाट पनि निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । “आफू निरन्तर देश विकास र जनताको सेवामा लाग्ने छु”, मन्त्री भुसालले भन्नुभयो, “मैले मेरो तहबाट बजेट तथा योजनाका लागि पहल गर्छु । तपाईं उपभोक्ताले हरेक गतिविधिको नियमन गर्नुपर्छ ।” आफूले पहल गरेर ल्याएको योजना कार्यान्वयनमा ढिलाइ भएकाले जनस्तरबाटै खबरदारी हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “बुङ्मतीको मुख्य बाटोमा रु २५ करोडसम्म बजेट विनियोजन भयो तर पूरा भएको छैन ।”

मन्त्री भुसालले विसं २०७२ मा भत्किएको रातो मच्छिन्द्रनाथको काम ढिलो भएको र उपभोक्ताकै कारण निर्माण कार्य अगाडि बढेको उल्लेख गर्दै स्थानीय उपभोक्ता नै आफ्नो क्षेत्रको संस्कृति संरक्षण र विकास निर्माणमा जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । जनताका आवश्यकता पूरा गर्न आफू निरन्तर लागिपर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

मन्त्री भुसालले विभिन्न कालखण्डमा सुरु भएका चाडपर्वका ऐतिहासिक एवं सामाजिक महत्व रहेको उल्लेख गर्दै चाडपर्वका सामाजिक एवम् सांस्कृतिक पाटाहरू अत्यन्त राम्रा छन् । यस अर्थमा चाडपर्वलाई निरन्तरता दिने र समयानुसार परिमार्जन गर्नु नै आजको आवश्यकता हो भन्नुभयो । मन्त्री भुसालले देशको भूगोल र जनता मात्र नभई त्यस देशको सांस्कृतिक पहिचान र सामाजिक मूल्यमान्यता, कला, जनताका जीवन व्यवहार महत्वपूर्ण हुने उल्लेख गर्दै व्यक्ति, परिवार, समाज र राष्ट्रलाई एकताबद्ध गर्ने एवम् सम्बन्धलाई सुदृढ गर्ने महत्वपूर्ण चाडबाड सबैको आ–आफ्नै महत्व भएको बताउनुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि एवं सामाजिक व्यक्तिले आसन्न राष्ट्रिय चाडहरु विजयादशमी, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । त्यसैगरी ऊर्जामन्त्री भुसालले आजै ललितपुर महानगरपालिका–१० स्थित बाराही टोल विकास संस्थाको तेस्रो वार्षिक साधारणसभाको उद्घाटन पनि गर्नुभयो । त्यस अवसरमा उहाँले विकास निर्माणलाई व्यवस्थित गर्न सबै नेपाली दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com