ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवल पुग्यो कोभिड १९ परिक्षण गर्ने पिसिआर, प्रयोगशाला स्थापनाको काम तिब्र


sharan sharan

बुटवल, १९ चैत्र । प्रदेश ५ सरकारले प्रदेशको ३ स्थानमा स्थापना गर्न लागेको कोभिड १९ परिक्षण प्रयोगशालाका लागि संघिय सरकारले पठाएको पिसिआर मेसीन हाज बुटवल पुगेको छ । चैत्र १० गते प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय अनुसार पिसीआर सहित परिक्षणको लागि आवश्यक अन्य उपकरणहरु पनि आजै बुटवल पुगेको छ ।
रुपन्देहीको भैरहवा स्थित गहुंबाली अनुसन्धान केन्द्रमा प्रदेश स्तरिय प्रयोगशाला स्थापना भएपछि कोभिड १९ को स्वाव परिक्षण रिपोर्ट तत्काल आउने र संक्रमणको आशंकीतहरुले धेरै समय कुर्न नपर्ने प्रदेश सरकारले अपेक्षा गरेको छ । संघिय सरकारले पठाएको पोलिमेरेज चेन रिएक्सन पिसीआरको संचालनका लागि तिब्र गतिमा काम भईरहेको प्रदेश जन स्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर राजेन्द्र गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार पिसिआरले प्रत्यक दिन १६ वटा स्वाव नमुना संकलनको जांच गर्नेछ । प्रयोशगशाला नभएकै कारण केन्द्रिय प्रयोगशालामा नमुना पठाउन ढिलो हुंदा बुटवलमा एकजनाको ज्यान समेत गएको छ ।
प्रदेश प्रयोगशाला प्रमुख गिरीले प्रयोगशाला स्थापनाको काम तिब्र गतिमा भईरहेकाले केहि दिनमा प्रयोगशाला संचालनमा आउने जानकारी दिनुभयो ।
मेसिन सहित प्राबिधीकहरुका लागि पर्सनल प्रोटेक्ट इकुमेण्ट, नमुना संकलनका लागि आवश्यक किट तथा नमुना ट्रान्सपोटेसनका लागि फ्रीज बक्सहरु समेत संघिय सरकारले बुटवल पठाएको छ । प्रदेश सरकारले रुपन्देही सहित दाङको बेलझुण्डी र नेपालगन्जको भेरी अस्पतालमा कोभिड १९ को परिक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज सोनाम ल्होसार, घोडा वर्षको शुभारम्भ

पूर्वमन्त्री जसपाका नेता प्रदीप यादव एमाले प्रवेश, पर्सा–१ बाट पुनः चुनाव लड्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज सोनाम ल्होसार, घोडा वर्षको शुभारम्भ

पूर्वमन्त्री जसपाका नेता प्रदीप यादव एमाले प्रवेश, पर्सा–१ बाट पुनः चुनाव लड्ने

नेपाली कम्युनिस्ट पार्टीले ४६ जिल्लामा उम्मेदवार टुंग्यायो (सूची)

समानुपातिकतर्फ ३२१३ उम्मेदवारको बन्दसूची सार्वजनिक : माघ १० सम्म दाबी–विरोधको समय(सूची)

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com