ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वमन्त्री जसपाका नेता प्रदीप यादव एमाले प्रवेश, पर्सा–१ बाट पुनः चुनाव लड्ने


एबीसी न्यूज
माघ ५, २०८२ सोमबार  ६ : ३६ बजे

काठमाडौं ५ माघ । प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा पूर्वमन्त्री तथा जसपा नेपालका नेता प्रदीप यादव नेकपा एमालेमा प्रवेश गरेका छन्। उनी गएराति एमालेमा प्रवेश गरेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। यादवसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहितका नेता–कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन्।

यादव ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए। गत भदौ २३ र २४ मा भएको जेनजी युवा आन्दोलनपछि उनी ओली नेतृत्वकै सरकारबाट बाहिरिएका थिए।

जेनजी आन्दोलनपछि यादवले अशोक राई नेतृत्वको जसपा त्यागेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गरेका थिए। पछिल्लो समय उनी जसपा नेपालको समन्वय समिति सदस्यको जिम्मेवारीमा थिए।

प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताको अघिल्लो दिन जसपा नेपाल पनि परित्याग गर्दै उनी एमाले प्रवेश गरेका हुन्। यादव आगामी निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट पुनः प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा रहेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले यादवलाई टिकट दिने वचनसमेत दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सम्बन्धित

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

राष्ट्रिय सभामा काँग्रेसको प्रश्नः प्रधानमन्त्रीले अपनत्व नै नलिएको नीति तथा कार्यक्रममाथि छलफल किन गर्ने ?

सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस्

सरकारलाई सांसद अधिकारीको प्रश्तावः विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाऔं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com