ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’


एबीसी न्यूज
माघ ४, २०८२ आईतबार  ८ : २५ बजे

काठमाडौं ०४ माघ । २०७९ मा स्वतन्त्र उम्मेदवार बनेर काठमाडौं महानगरको मेयर जित्दा बालेन्द्र शाह ‘बालेन’ ले शहरको मुहार फेर्ने ठूलो सपना देखाएका थिए। फोहोरलाई मोहर बनाउने, फुटपाथ खाली गर्ने, सडक उज्यालो बनाउने, खोला उत्खनन गर्ने, विद्यालयको काया पलट गर्ने — यी सबै वाचाले उनलाई युवा मतदाताको ‘आशावादी नायक’ बनायो।

तर तीन वर्षपछि उनी मेयर पदबाटै राजीनामा दिएर ‘प्रधानमन्त्री बन्ने’ सपनातिर लागेका छन्। पदावधि साढे एक वर्ष बाँकी छँदै उनले सिंहदरबारको यात्रा रोजे। उनको यो निर्णयले काठमाडौंवासीलाई एउटा प्रश्न छोडेको छ — उनले शहरलाई जति हल्लाए, त्यति नै बनाउन सके त ?

सफलताको पाटो : केही ठाउँमा देखिए परिवर्तन

  • सामुदायिक विद्यालयको मुहार फेरियो सटर र पार्टी प्यालेसमा परिणत भएका विद्यालयहरूमा डोजर चलाएर कक्षाकोठा खाली गराइयो। केही विद्यालयले नेपालीपन झल्किने नाम राखे। ३० हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिइयो।
  • फुटपाथ खाली गरियो अतिक्रमण हटाउने अभियानमा साहस देखाइयो। न्युरोडमा नमुना फुटपाथ बन्यो। पैदल यात्रीलाई केही राहत मिल्यो।
  • सांस्कृतिक संरक्षणमा चासो ढुंगेधारा, इनार र पुराना सम्पदाको उत्खनन र जीर्णोद्धारमा सक्रियता देखाइयो।
  • पारदर्शिताको प्रयास कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गरियो। ठूलो अनियमितता नभएकोमा उनको कार्यकाललाई सफा मान्न सकिन्छ।

असफलता र विवादको ठूलो पाटो

  • बजेट खर्चमा पूर्ण असफल तीन वर्षमा औसत ४७ प्रतिशत मात्र बजेट खर्च भयो। पुँचीगत खर्च झन् कमजोर (३०–५२ प्रतिशत)। ठेक्का ढिलाइ र कर्मचारीतन्त्र सुधारमा असफल।
  • फोहोर व्यवस्थापन : फुस्की बम बने फोहोरको मोहर बनाउने सपना देखाए, तर बन्चरे डाँडाको समस्या झन् बढ्यो। स्थानीयसँग सहमति गरे पनि कार्यान्वयन भएन। घरघर फोहोर छुट्याउने र कम्पोस्टिङ योजना कागजीमै सीमित।
  • आवेग र संवेदनशीलताको कमी टुकुचामा बिना अध्ययन डोजर चलाउँदा घरधनीहरूको करोडौंको सम्पत्ति जोखिममा पर्‍यो। अदालतले महानगरकै विपक्षमा फैसला गर्‍यो। गरिब, सुकुम्बासी र साना व्यवसायीमाथि क्रूर देखिए।
  • प्रश्न र जवाफदेहिताबाट भाग्ने शैली सार्वजनिक सुनुवाइ गरेनन्। सञ्जालमा आक्रोश पोखे, तर प्रत्यक्ष नागरिकसँग भेटघाट गरेनन्।
  • स्मार्ट पार्किङ फ्लप ठूलो हल्ला गरेर ल्याइएको स्मार्ट पार्किङ बदनाम भयो। निजी कम्पनीसँगको सम्झौता रद्द भयो, तर वैकल्पिक व्यवस्था भएन।
  • नि:शुल्क शौचालयको वाचा अलपत्र होटेल–रेस्टुरेन्टको शौचालय नि:शुल्क बनाउने घोषणा भयो, बोर्ड टाँसे, तर कार्यान्वयन भएन।

बालेनको यात्रा : आशा जगाउने तर पूरा नगर्ने ?

बालेनले सञ्जालबाटै शहर हल्लाए। युवा र परिवर्तन चाहने मतदातालाई आकर्षित गरे। तर कार्यान्वयनमा उनको टिम कमजोर देखियो। आवेगमा बढी, संवेदनशीलता र समन्वयमा कम।

उनले केही ठाउँमा साहस देखाए, तर धेरै ठाउँमा अधुरो छोडे। अब उनी महानगर छाडेर देश बनाउने अभियानमा लागेका छन्।

काठमाडौंवासीले सोधिरहेछन् — जसले शहरको मुहार फेर्ने वाचा गरे, तर बिचैमा छाडेर हिँडे, उनले देश बनाउन सक्लान् त ?

उनको उत्तर अब चुनावी अभियानमा आउनेछ। तर आज काठमाडौंले उनलाई सम्झिरहेछ — आशावादी, तर विवादास्पद मेयरको रूपमा।

राजीनामा लगत्तै पार्टी कार्यालयमा साह र उनका सभापति लामिछाने अंकमाल गर्दै ।

सफलताको मापन कसरी गर्ने ? ध्वंसमा हो कि निर्माणमा ? आशा जगाउनमा हो कि पूरा गर्नमा ?

बालेनको उत्तर इतिहासले दिनेछ। तर काठमाडौंको खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्व, ५०.८४ प्रतिशत मतदान

निर्वाचन : दिउँसो ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खस्यो, उपत्यकामा सबैभन्दा उच्च उत्साह

सम्बन्धित

प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्व, ५०.८४ प्रतिशत मतदान

निर्वाचन : दिउँसो ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खस्यो, उपत्यकामा सबैभन्दा उच्च उत्साह

प्रतिनिधिसभा निर्वाचन : २ बजेसम्म प्रदेशगत मतदान अपडेट ३३ प्रतिशत

कोशी प्रदेशमा मतदान प्रगति: सुनसरीमा २५ प्रतिशत, मोरङमा २९.५५ प्रतिशत, धनकुटामा २३ प्रतिशत

सुदूरपश्चिम प्रदेश: १ बजेसम्म करिब ३० प्रतिशत , बर्दियामा २ बजेसम्म ४३ प्रतिशत मत खस्यो

दिउँसो १ बजेसम्म देशभर ४४ लाख ५५ हजार ७९० मत खसे: कुन प्रदेशमा कति प्रतिशत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com