ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदातामा रहेको आशंका मेट्न एमालेको आग्रह


admin
कार्तिक ३०, २०७४ बिहीबार  ३ : ३६ बजे

काठमाडौँ, ३० कात्तिक । नेकपा (एमाले) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउने एकसूत्रीय काम गरी मतदातामा रहेका आशंका मेट्न सरकारसँग आग्रह गरेको छ ।

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन आचारसंहिताविपरीत सरकार र सत्तारूढ दलबाट काम कारबाही भएको जनाउँदै त्यसमा निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ ।

कमिटीका प्रवक्ता विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा केही दिनयता काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, मोरङ लगायतका जिल्लामा निर्वाचन आचारसंहिता विपरीतका चुनावी प्रचार–प्रसार सामग्री प्रयोग भइरहेको जनाउँदै काठमाडौँ क्षेत्र नं १ र ९ मा नेपाली काँग्रेसका तर्फबाट राखिएको प्रचार सामग्री आचारसंहिता विपरीत रहेको उल्लेख ।

‘यस कार्यलाई कडाइका साथ नियन्त्रण गर्न र आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउने व्यवस्था मिलाउन आयोगको गम्भीर ध्यानाकषर्ण गराउन चाहन्छौँ’ विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच वाम गठबन्धनमा सहभागी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पनि विभिन्न जिल्लाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न व्यस्त हुनुहुन्छ । उहाँहरुले आज स्याङ्जाको पुतलीबजार, वालिङ, बाग्लुङको गल्कोट र पर्वतको कुस्मामा आयोजना हुने चार संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

रुकुमपूर्वमा प्रचण्ड : मर्निङ वाक, स्थानीयको घरमा खाजा र पहिलो चुनावी सभा (फोटो फिचरसहित)

टी–२० विश्वकप : नेपालले आफ्नो अन्तिम खेलमा आज स्कटल्यान्डसँग खेल्दै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com