ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘एक क्षेत्र : एक मार्ग’ को अवधारणाबारे छलफल


admin
कार्तिक २७, २०७४ सोमबार   १ : ४९   बजे

काठमाडौँ, २७ कात्तिक ।  चीन सरकारले अघि सारेको ‘एक क्षेत्र ः एक मार्ग’ अवधारणाले यसमा संलग्न नेपालसहितका राष्ट्रलाई फाइदा पुग्ने सम्बन्धित क्षेत्रका जानकारहरूले बताएका छन् ।

नेपाल–चीनमैत्री मञ्चले आज यहाँ आयोजना गरेको ‘मार्ग र क्षेत्र प्रयासको संरचना’ विषयक कार्यशालाका सहभागीले एक क्षेत्र र एक मार्गबाट भौतिक पूर्वाधारको क्षेत्रमा सबैलाई लाभ हुनेमा जोड दिएका हुन् ।

नेपालका लागि चीनका राजदूत यु होङले चीन नेपाल स्वतन्त्र व्यापार सम्झौताको सम्भाव्यता अध्ययन यसै वर्ष पूरा हुनेमा आफू विश्वस्त रहेको बताउँदै चीन र नेपालबीच आर्थिक तथा व्यापारिक सम्पर्क विस्तारका साथै सांस्कृतिक आदानप्रदान अभिवृद्धि भएको बताउनुभयो ।

गत वर्षको तुलनामा यस वर्ष ६० प्रतिशत पर्यटक नेपाल भ्रमणमा आएका जानकारी दिँदै नेपालको सामाजिक आर्थिक विकास चीनको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपाल संक्रमणकालको अन्त्यमा रहेको बताउँदै आगामी महिना हुने प्रतिनिधिसभा÷प्रदेशसभाको निर्वाचनबाट नेपालमा राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

मञ्चका अध्यक्ष कल्याणराज शर्माको सभापतित्वमा भएको कार्यशाला उद्घाटनसत्रमा अर्थसचिव शंकरप्रसाद अधिकारीले एक क्षेत्र एक मार्गमा आबद्ध राष्ट्रबीच मैत्री र सहयोगलाई प्रगाढ तुल्याउँदै भौतिक पूर्वाधार निर्माण तथा समृद्धि प्राप्तिमा जोड दिनुभयो ।

उहाँले एक क्षेत्र एक मार्गअन्तर्गत हिमालयपार रेल तथा सडक परियोजना, भौतिक पूर्वाधार विकास, लगानी तथा व्यापार प्रवद्र्धनका साथै व्यापार विविधिकरणमा नेपाललाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यशालामा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य माल्दिभ्स र श्रीलंकाबाहेक सबै सदस्य देशका अर्थशास्त्रीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group