ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चर्चा केन्द्रमा, उम्मेदवारी प्रदेशमा


admin

तेह्रथुम, २३ कात्तिक ।  प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुममा चुनावी चहलपहल ह्वात्तै बढेको छ । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको चुनावका लागि उम्मेदवारी दर्तापछि अहिले नेता चुनावी प्रचार प्रसारमा लागेका छन् ।

जिल्लाबाट प्रदेशसभा सदस्यमा क्षेत्र नं २ बाट आठ राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लाको पूर्वी क्षेत्रका मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिका रहेको यो निर्वाचन क्षेत्रमा पनि नेपाली काँग्रेस र वाम गठबन्धनकै बीचमा मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

संयोग त के छ भने टिकट पाउने बेला ती दुवै प्रतिस्पर्धी उम्मेदवारको चर्चा प्रतिनिधिसभाका लागि चलेको थियो । तर टिकट भने प्रदेशसभाको मात्रै पाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि जिल्लाबाट सिफारिश भए पनि पार्टीले प्रदेशको मात्रै टिकट दिएपछि यी दुईको चुनावी प्रतिस्पर्धा झनै रोचक बनेको छ ।

वाम गठबन्धनका लागि यस क्षेत्रबाट तेजमान कन्दङवाको उम्मेदवारी छ । उहाँ नेकपा एमालेको प्रदेश संगठन कमिटी सदस्य तथा पूर्वजिल्ला अध्यक्षसमेत भइसक्नुभएका बौद्धिक नेता मानिनुहुन्छ । यस क्षेत्रमा नेपाली काँग्रेसबाट विजय सम्बाहाम्फे उम्मेदवार बन्नुभएको छ । सम्बाहाम्फे प्याब्सनको केन्द्रीय अध्यक्षसमेत हुनुहुन्छ ।

एमाले उम्मेदवार कन्दङवालाई जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउन सिफारिश गरेको थियो । तर केन्द्रीय कमिटीले प्रतिनिधिसभामा निवर्तमान सांसद भवानीप्रसाद खापुङलाई नै तेस्रो पटक उम्मेदवार बनाउँदै कन्दङवालाई प्रदेश सभा सदस्यको मात्रै टिकट दिएको हो ।

काँग्रेस उम्मेदवार सम्बाहाम्फेलाई भने नेकपा माओवादी केन्द्रले जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिश गरेको थियो । माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार रहेका सम्बाहाम्फे भने एमाले र माओवादीबीच वाम एकताको सहमतिपछि काँग्रेस प्रवेश गर्नुभएको थियो । तेह्रथुम काँग्रेसको कोषाध्यक्षसमेत भइसक्नुभएका उहाँ झण्डै १० वर्षपछि काँग्रेसमै फर्केर प्रदेशसभा सदस्यको उम्मेदवार बन्नुभएको हो ।

कन्दङवा आठराई गाउँपालिका–५, छातेढुंगाका स्थायी बासिन्दा हुनुहुन्छ भने सम्बाहाम्फे फेदाप गाउँपालिका–३, जलजलेका हुनुहुन्छ ।

पूर्वको शैक्षिक धरोहरका परिचित आठराई क्षेत्र र यहाँको शैक्षिक उन्नयनमा कन्दङवाको योगदान छ । सम्बाहाम्फेसँग प्याब्सनमा दुई दशकसम्म काम गर्दै अध्यक्षसमेत भएर निजी शैक्षिक संस्थाको कुशल व्यवस्थापक र राज्यका विभिन्न नीतिनियम निर्माणमा काम गर्दाको अनुभव छ । चुनाव जिते दुवैले यस क्षेत्रको शैक्षिक उन्नयन गर्ने एजेण्डा लिएका छन् । यहाँका युवालाई स्वरोजगार बनाउन प्राविधिक र व्यावसायिक शिक्षाको खाँचो रहेको प्याब्सन अध्यक्ष सम्बाहाम्फे बताउनुहुन्छ । कन्दङवा ‘यहाँको सिंगो विकासका लागि शैक्षिक क्षेत्रको व्यवस्थापन अपरिहार्य छ,’ भन्नुहुन्छ ।

यहाँका सडक निर्माण, कृषि आधुनिकीकरण, वैज्ञानिक भूमिसुधार, हवाई मैदान, पर्यटन प्रवद्र्धनजस्ता एजेण्डा कन्दङवाले उठाउनुभएको छ । सम्बाहाम्फे भने समग्र क्षेत्रको विकासको बाटो सहज भए पनि जिल्लाबाट अहिलेसम्म निर्वाचित प्रतिनिधिले काम नगरेको भन्दै आफूलाई एक पटक अवसर दिएर काम लगाउन अनुरोध गर्नुहुन्छ ।

स्थानीय चुनावमा यस क्षेत्रका तीनवटै गाउँपालिका नेकपा एमालेले जितेको थियो । त्यसैले आफ्नो जित सुरक्षित रहेको गठबन्धनका उम्मेदवार कन्दङवा दाबी गर्नुहुन्छ । माओवादीबाट दलबलसहित फर्किनुभएका सम्बाहाम्फे आफूलाई काँग्रेसको बलियो संगठनका साथ भएकाले आफू जित्नेमा विश्वस्त हुनुहुन्छ । उम्मेदवारहरु चुनावी प्रचारमा निस्किन थालेपछि अहिले यस क्षेत्रमा यी दुवै उम्मेदवारको निकै चर्चा छ ।

प्रतिनिधिसभामा दुवै दलका उम्मेदवारसमेत यही क्षेत्रका भएकाले पनि यो क्षेत्रमा अहिले चुनावी चहलपहल छ । प्रतिनिधिसभामा काँग्रेसबाट आठराई गाउँपालिका–४, इवाकी भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङ र वाम गठबन्धनबाट मेन्छ्यायेम गाउँपालिका–६, मोराहाङका खापुङ मुख्य प्रतिस्पर्धी उम्मेदवार बन्नुभएको छ ।

प्रदेशसभाका लागि क्षेत्र नं २ मा मंगोल नेशनल अर्गनाइजेशनका डम्बर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका मानबहादुर लिम्बू, संघीय समाजवादी फोरमका मानध्वज सम्बाहाम्फे, राप्रपा प्रजातान्त्रिकका यशोदादेवी कार्की, नयाँ शक्ति पार्टी नेपालका राजेन्द्र कन्दङवा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुकुमार चोङवाङको उम्मेदवारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com