लहान, ६ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्कापट्टामा ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारीको अब कुनै गुन्जाइस नभएको बताउनुभएको छ । पूर्वपश्चिम हुलाकी राजमार्गको स्तरोन्नती कार्यको आज सिरहाको बरियारपट्टिमा शिलान्यास गर्दै उहाँले ठेक्कापट्टामा हुुँदै आएको ढिलासुस्ती र कमिसनखोरीका कारण देशको विकास निर्माण अस्तव्यस्त ...