ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसरीको बराहक्षेत्रमा भिषण आगलागी, प्रदेशमन्त्री घटनास्थल पुगेर दिए नगद राहत


admin

धरान, ४ चैत । सुनसरीको बराह क्षेत्र नगरपालिका ११ मा शनिवार राति भिषण आगलागी भएको छ । आगलागीमा परी २ सय ४५ परिवारको ५० वटा घर पूर्ण रुपले जलेर नष्ट भएको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले जानकारी दिनुभएको छ ।

आगलागीमा स्थानीय जयप्रकास चौधरी सहितका परिवारको घर जलेर नष्ट हुदा उनीहरुको घरमा रहेको अन्नपात, लत्ताकपडा, जिन्सी, नगद र गरगहना सहित गरेर १ करोड ३७ लाख ६० हजार मुल्य बराबरको क्षती भएको बराहक्षेत्र नगरपालिकाले जनाएको छ ।

आगलागीमा परी राजेन्द्र मण्डल, हरिहर मण्डल, अशोक सरदार, किसुनदेव सरदार, भोला सरदार, मुक्तार मियाँ, हरि सरदार, रिनादेवी सरदार, प्रमोद सरदार, पून्य चौधरी लगायतको घर जलेर नष्ट भएको हो ।

त्यसैगरी बराह क्षेत्र नगरपालिका ११ कै मुगालाल चौधरी, जयनारायण चौधरी, भगत चौधरी, देवनारायण चौधरी, दशन चौधरी, रमानन्द चौधरी, ओमप्रकाश चौधरी, जयप्रकास चौधरी, कान्छा सरदार, भुलैया देवी सरदार, सोनाइ चौधरी, लक्ष्मण सरदार, मोहन सरदार लगायतका परिवारको घर जलेर नष्ट भएको वडा अध्यक्ष बिष्टले जानकारी दिनुभयो ।

बिष्टका अनुसार पीडितहरुको करिव ६ लाख रुपियाँ नगद, ५० लाख बढीको गरगहना, ५० लाख बराबरको धान, गहु, चामल र भाडावर्तन तथा १० लाख बरावरको पशु चौपया र १० लाख बरावरको पशु आहार तथा ६० लाख बरावरको घर जलेर नष्ट भएको हो । यता अग्नी पीडितहरुलाई आज जिल्ला दैवी प्रकोप तथा उद्धार व्यवस्थापन समितिले प्रति पीडित परिवारलाई नगद ५ हजार रुपियाँ र नेपाल रेडक्रस सोसाइटीले आकस्मीक राहत वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो ।

यसैबीच भोक्राहा नरर्सिंह गाउँपालिका स्थित चिरौलीका स्थानीय व्यापारी तथा सर्वसाधारणले संकलन गरेको राहत सामग्री समेत वितरण गरेको स्थानीय सुनिल कुमार साहले जानकारी दिनुभयो । चिरौलीको व्यवसायीहरुको तर्फबाट प्रति परिवार ३ केजीका दरले भुजा, एक प्याकेट भुजिया, एक कार्टुन च्याउच्याउ, १÷१ केजी तेल, २ केजी चिउरा, साबुन, त्रिपाल, लत्ताकपडा समेत वितरण गरेको भोक्राहा ४ का वडा अध्यक्ष हारुन अंसारीले जानकारी दिनुभयो । यता प्रदेश नम्वर १ का मन्त्रीहरुले समेत अग्नी पीडितहरुको अवस्था बुझ्न घटना स्थलको अवलोकन गरेका छन् ।

प्रदेश नम्बर १ का सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला, कानुन तथा गृह मन्त्री हिक्मत कार्कीले अग्नी पीडितहरुलाई तत्काल राहत र पुनरबासका लागि प्रदेश सरकारले काम थाल्ने बताउनुभयो । उहाँले एक महिना भित्र पीडित परिवारहरुलाई बस्ने घर जस्तै नयाँ घर बनाएर हस्तान्तरण गर्ने तयारीमा समेत आफुहरु लागेको बताउनुभयो ।

आगलागीबाट ५० घर परिवारको अन्दाजी ७० घर, टहरा जली नष्ट भएको र आगलागिबाट कुनै मानविय तथा चौपाय क्षति नभएको प्रहरीले जनाएको छ ।

आगो निभाउन जाने क्रममा कोशी गाउपालिका ३ का ४१ वर्षिय प्रभु सरदारको ग्याँस पड्किई हातमा गहिरो चोट लागेको कारण उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com