काठमाडौं, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुखसहितलाई काठमाडौं बोलाएका छन् ।
मुख्यमन्त्रीले कानून र स्रोत–साधन अभावमा काम गर्न नसकिएको गुनासो गरिरहेका बेला प्रधानमन्त्री ओलीले प्रदेश सरकार सञ्चालनमा देखिएको अन्योल, सरकारका काम÷कारवाही र पूर्वाधार विकासबारे छलफल गर्न मुख्यमन्त्री र प्रमुख सचिवसहितलाई बुधबार काठमाडौं बोलाएका हुन् ।
प्रधानमन्त्रीले उनीहरुसँग भोलि सामूहिक छलफल गर्न लागेका छन् । छलफलमा सबै प्रदेशका मुख्य न्यायाधीवक्ता पनि सहभागि हुने छन् । यता, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले नमूना कानुनको मस्यौदा बनाएर पठाउने र प्रदेशसभाबाट कानुन बनाउन सहजीकरण गर्ने तयारी भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्