ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एपेक्स बैंक घोटालामा संलग्न थप चारजना पक्राउ


admin

काठमाडौं, ६ चैत । एपेक्स डेभलपमेन्ट बैंकको रकम दुरुपयोग गरेको आरोपमा थप चारजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न मितिमा एपेक्सका ती उच्च अधिकारीलाई पक्राउ गरेको हो ।

कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको भन्दै गत शुक्रबार ब्यूरोले तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ गरेको थियो । पछिल्लो पटक पक्राउ पर्नेहरुमा एपेक्सका सञ्चालक तथा नागरिक लगानी कोषका नौ तहका कर्मचारी छविरमण अधिकारीलाई बानेश्वरबाट पक्राउ गरेको छ ।

त्यसैगरी कर्जामा काम गर्ने कर्जा प्रबन्धक प्रमोद भट्टराईसहित सजल बज्राचार्य र त्रिवेन्द्र श्रेष्ठलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्यूरोका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिनुभयो ।

उनीहरुलाई कमसल धितो राखी भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको आरोप लगाइएको छ । उनीहरूले रु एक अर्ब ५० करोड ९६ लाख ३३ हजार निक्षेप दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको हो ।

ऋणीको नक्कली आयस्रोतसम्बन्धी विवरणलाई स्वीकृत गरेको, मोटरबाटो नभएको, भिरालो पाखो बारी खेत वन क्षेत्र भएको जग्गामा बाटो भएको प्रमाणित गरेको, धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच, रोक्का, कर्जा तमसुक, कर्जा प्रवाह एकै दिनमा गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

पक्राउ परेकामाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लगानी बोर्ड बैठक : पश्चिम सेतीको समझदारीपत्र स्वीकृत

काठमाडौं, २३ साउन ।  सरकारले बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना र सेती नदी–६ आयोजनाको थप अध्ययनका लागि भारतीय कम्पनी एनएचपिसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको छ

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन

काठमाडौं, २३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबारका अवसरमा आज साँझ पशुपतिनाथ मन्दिर जानुभई दर्शन गरी बेलुकीको आरतीमा सहभागी हुनुभएको छ । मूल मन्दिरभित्र

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ : अध्यक्ष ओली

रौतहट, २३ साउन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार विकास विरोधी भएको आरोप लगाएका छन् । नेकपा एमाले रौतहटले सदरमुकाम

सम्बन्धित

लगानी बोर्ड बैठक : पश्चिम सेतीको समझदारीपत्र स्वीकृत

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ : अध्यक्ष ओली

एमाले अध्यक्ष ओली चढेको हेलिकोप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण

सार्वजनिक गाडीमा मनलाग्दी भाडा अनुगमन गर्न सरकारलाई निर्देशन

निर्मला हत्या प्रकरणमा पक्राउ परेर छुटेका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com