चितवन, १५ मङ्सिर । स्याङ्जाको हरिनास गाउँपालिका–ललही गाउँ यतिबेला सुन्तलाले पहेँलपुर बनेको छ । सुन्तला बारीको बीचमा स्थानीय अर्जुन सिग्देलको घर छ । सिग्देल तीन वर्ष मलेसिया बसेर आफ्नै गाउँमा कर्म गर्न फर्किएका व्यक्ति हुनुहुन्छ । विसं २०६० मा सिग्देल कमाउनका लागि मलेसिया पुग्नुभयो । ...