ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्याउ बिक्री नहुँदा किसान चिन्तित


admin
मंसिर १४, २०७५ शुक्रबार  ४ : ५९ बजे

हुम्ला, १४ मङ्सिर । यसवर्ष जिल्लामा कूल उत्पादन स्याउमध्ये आधा भन्दा बढी बिक्री नभएको पाइएको छ । देशको एक मात्र जिल्ला राष्ट्रिय सडक सञ्जालभन्दा बाहिर भएकाले यातायातकै असुविधाका कारण यति धेरै स्याउ बिक्री हुन नसकेको हो ।
एक हजार ५०० रोपनीमा चार सयभन्दा बढी बोटबाट यसैवर्षदेखि स्याउ फलाउन शुरु गर्नुभएका सिमकोट गाउँपालिका–६ का कृषक जयचन्द्र रोकायाले ८० क्वीन्टल स्याउ उत्पादन भए पनि रु १० हजारको मात्र बिक्री भएको बताउनुुभयो ।

पच्चीस देखि ३० क्वीन्टल स्याउ भण्डारण गर्नुभएका रोकायाले उचित व्यवस्था नहुँदा १२ क्वीन्टलसम्म हाल सडेगलेको र कुहिएको बताउनुुभयो । “दश देखि १२ क्वीन्टल चाना (सुकुटी) बनाएर हिउँदमा पशुवस्तुलाई खोलेसँगै मिसाएर दिने तयारी गरेको छु”, उहाँले भन्नुुभयो ।

त्यसमध्ये केही घरका सदस्यले खाएको र केही आफन्तलाई दिने गरेको उहाँले बताउनुुभयो । यातायात सुविधा नभएकैले उत्पादित स्याउले बजार नपाउँदा तत्काललाई निरासा छाए पनि भविष्यमा राम्रै हुने विश्वास रोकायाले व्यक्त गर्नुभयो । “स्याउ खेतीबाट राम्रो कमाइ हुने विश्वास थियो, अहिले ठेस लागेको छ”, उहाँले भन्नुभयो ।

पालिका अध्यक्ष पदमबहादुर लामाले एक हजार २०० स्याउ बोटको फारम बनाए पनि चार सय बोटबाट स्याउ उत्पादन हुँदा ६० क्वीन्टल स्याउ फलेको तर रु ४० हजारको मात्र बिक्री भएको बताउनुुभयो । उत्पादन राम्रो भएको अवस्थामा पनि बजारकै समस्याले हालसम्म बिक्री हुन नसकेको उहाँले बताउनुुभयो ।

धेरै लगानी गरेर स्याउ फारमबाट यसपाली ४० क्वीन्टल स्याउ घरको खाली कोठामा भण्डारण गरिएको र केही भने साथीभाइलाई उपहार दिँदै सकिएको उहाँले बताउनुुभयो । बाँकी कुहिएर खेर गएको लामाले बताउनुभयो

जिल्लाको नाम्खा गाउँपालिकाको केही भू–भाग बाहेक अन्य सबै क्षेत्रमा स्याउखेती लगाउन सकिने कृषि ज्ञान केन्द्रका कर्मचारी बलबहादुर फडेराले बताउनुुभयो ।

आर्थिक वर्ष ०७४/७५ सम्म जिल्लाभरिमा ५३० दशमलब ६९ प्रतिशत हेक्टर जमीनमा स्याउखेती लगाइएकोमा यसपाली स्याउका बोटबाट चार हजार १२० मेट्रिक टन उत्पादन भएको र त्यसमा दुई हजार एकसय मेट्रिक टन मात्र बिक्री हुनसकेको उहाँले बताउनुुभयो ।

उहाँका अनुसार कूल उत्पादनमध्ये साढे तीन सय मेट्रिक टन स्याउ कुहिएर खेर गएको छ । जिल्लामा जम्मा एक लाख ६३ हजार स्याउको बोट रहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com