ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगर क्षेत्रभित्रका विकास आयोजनाबारे छलफल


admin

बुटवल, १४ मङ्सिर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीसहितको टोलीले आज नगर क्षेत्रभित्र सञ्चालन हुने र भइरहेका विकास आयोजनाबारे छलफल गरेको छ ।

उपमहानगरपालिकाले एक्लै अघि बढाउन लागेका, प्रदेशले अघि बढाउन लागेका र सङ्घ, प्रदेश र उपमहानगरपालिकाको साझेदारीमा अघि बढ्न लागेका आयोजनाबारे छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाका तर्फबाट विकास आयोजनाका बारेमा प्रस्तुतिपछि मुख्यमन्त्री पोखरेलले विकास आयोजना अघि बढाउँदा बजेटको व्यवस्थापन एकद्वार प्रणालीबाट गर्नुपर्ने बताउँदै एउटै प्रक्रियाबाट आयोजना अघि बढाउनुपर्ने र स्रोतको झमेला अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उपमहानगरपालिकाले जग्गा उपलब्ध गराइदिए उजिरसिंह रङ्गशाला प्रदेश सरकारले बनाइदिने बताउँदै उहाँले ऐतिहासिक जीतगढी किल्लालाई आकर्षक पर्यटकीय केन्द्र बनाउनका लागि अतिक्रमण हटाउन निर्देशन पनि दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले जीतगढीको अतिक्रमण हटाए त्यहाँको भौतिक पूर्वाधारसहितको आकर्षक पर्यटकीय विकास प्रदेश सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छलफलमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, प्रमुख सचिव डा तीर्थराज ढकाल, उपमहानगरपालिकाका प्रमुख सुवेदी, उपप्रमुख गोमादेवी आचार्यसहित वडाध्यक्ष र योजना प्रमुखलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com