ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पराजुलीको कथा सङ्ग्रह ‘अघोरी’माथि विमर्श


admin
मंसिर १५, २०७५ शनिबार  १२ : ४५ बजे

 हेटौँडा, १५ मङ्सिर । मकवानपुरका स्रष्टा तथा साहित्य अनुरागीले कथाकार राजेन्द्र पराजुलीद्वारा लिखित कृति ‘अघोरी’ विद्यमान सामाजिक, राजनीतिक विकृतिविरुद्धको चोटिलो प्रहार भएको टिप्पणी गरेका छन् ।

साहित्य सङ्गम मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पुस्तकमाथिको विमर्शमा पाठकले विषय विविधताका दृष्टिले कथा सङ्ग्रह उत्कृष्ट रहेको बताएका हुन् । पत्रकारितासँगै साहित्य लेखनमा सक्रिय पराजुलीका अघोरी कृतिमा १७ कथा सङ्ग्रहित छन् ।

समीक्षक घनश्याम घिमिरेले अघोरीका कथाले समाजलाई तरङ्गित र गतिशील बनाउन सकिन्छ भन्ने सन्देश दिएको बताउनुभयो । “अघोरीका नारी चरित्र समाजमा तरङ्ग ल्याउन सफल देखिएका छन्”, उहाँले भन्नुभयो, “मधेशका पात्रको सशक्त उपस्थितिले नेपाली राष्ट्रियतालाई थप फराकिलो बनाइदिएको छ ।” गुमदेशका कथामा नेपालीको राष्ट्रप्रतिको पे्रमलाई उतारिएको छ ।

साहित्यकार अप्सरा तिम्सिनाले पत्रकारिता शैलीमा लेखिएकाले कथा सङ्ग्रह पठनीय विचार व्यक्त गर्नुभयो । “चरम गरीबीमा पनि पे्रम झाङ्गिएको दृश्य रोमान्टिक लाग्यो” उहाँले भन्नुभयो । पाठकसँग साक्षात्कार गर्दै लेखक पराजुलीले नेपाली जनताले बढी अपेक्षा गरेका कम्युनिष्ट शक्तिसमेत स्खलित भएकाले कम्युनिष्टलाई नै अझ बढी प्रहार गर्नुपरेको जिकिर गर्नुभयो ।

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमिष निखिलले समाजमा व्याप्त समस्या, राजनीतिक चरित्रलाई लेखकले जस्ताको तस्तै पस्कन सफल भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com