ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय सङ्कटमा


admin

बझाङ, १४ मङ्सिर । चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय सङ्कटमा परेको छ । जिल्लाका सुर्मा, साइपाल, तल्कोट, मष्टा, छविसपाथेभेरी दुर्गाथलीगाउँपालिका र बुङगल नगरपालिकाका अधिकांश ठाउँका स्थानीयको प्रमुख पेशाका रुपमा रहेको भेडापालन व्यवसाय चरन क्षेत्रको अभावले सङ्कटमा पर्न थालेको हो ।

वर्षभरि लेकबेंसी गरेर भेडापालनको व्यवसायका लागि रहेको सामुदायिक वनको नाममा स्थानीयले अनावश्यक दुःख दिन थालेपछि परम्परादेखि गर्दै आएको व्यवसाय सङ्कटमा पर्न थालेको हो ।

चरनका लागि माथिल्लो क्षेत्र खुला हुने भए पनि तल्लो क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नुपरेको भेडापालकको गुनासो छ ।पछिल्लो समयमा जिल्लाका विभिन्न ठाँउमा स्थानीयले वन संरक्षणका नाममा चरिचरन गर्न नदिएपछि समस्या आएको हो ।

परापूर्वकालदेखि भेडा चर्ने, हिँड्ने र बास बस्ने ठाउँमा स्थानीयले अवरोध गर्न थालेपछि जिल्लाको काँडा, मेलबिसौना, रिलु, मष्टा, कैलास, गडराय, दहबगर, सैनपसेलालगायतका ठाउँका करीब ४५० परिवारले पालेका ४० हजारभन्दा बढी भेडाच्याङ्ग्रालाई चरन सङ्कट भएको छ ।

साइपाल हिमालदेखि डोटीसम्मको यात्राका क्रममा आफूहरु धेरै ठाउँमा लुटिने, कुटिने र ठगिने गरेको काँडाका घुरन बोहराले बताउनुभयो । “सामुदायिक वनमा भेडा चराएवापत शुल्क तिर्नुपर्छ भनेर सामुदायिक वनका पदाधिकारी भन्छन्, उनीहरुले भनेको नमान्नु भएन सधैँ पैसा तिर्न सकिँदैन, पैसा तिर्न नसक्दा भेडा उठाएर लैजाने गरेको छ”,उहाँले भन्नुभयो ।

यसरी पैसा तिर्दै जाने हो भने वर्षभरिमा कमाइएको आधा हिस्सा सकिने भेडापालकको गुनासो छ । अब यो व्यवसाय छोड्नुभन्दा अर्को विकल्प नभएको साइपाल गाउँपालिकाका मनबहादुर महतले बताउनुभयो । चरन क्षेत्रको अभावसँगै युवा पनि यस पेशामा आकर्षित नहुँदा पनि यस्तो समस्या आएको उहाँको भनाइ छ ।

युवाको वैदेशिक रोजगारतर्फ आकर्षण बढ्न थालेपछि झन समस्या थपिएको छ । पहिलेपहिले भेडा हेरालु सहजै पाइन्थे आजकाल महीनाको रु १५÷२० हजार दिन खोज्दा पनि मानिस पाइँदैन । हिउँदको समयमा हिमाली क्षेत्रमा हिउँ पर्ने भएकाले भेडाच्याङ्ग्रालाई बेँसी झार्नुपर्ने बाध्यता हुन्छ ।

बिरानो ठाउँमा भेडाबाख्रा चराउँदा राति बास बसेको ठाउँमा ढुङ्गा हान्ने, मदिरा खाएका समूह आएर दुःख दिने गरेको अर्का भेडापालकको दुखेसो छ । साइपाल गाउँपालिकामा मात्र करीब ३६३ परिवार छन् जसमध्ये २५० भन्दाबढी भेडापालन व्यवसायमा संलग्न रहेको स्थानीय गोरख बोहराले बताउनुभयो ।

“केही वर्षअघि एक जनाले ४५० देखि २०० भन्दाबढी भेडापालन गर्दै आइरहेका थियौँ, तर अहिले चरन क्षेत्रको अभाव हुँदा मुस्किलले ५०-६० भेडा पालेको छौ,” उहाँले भन्नुभयो । यहाँका हिमाली क्षेत्रमा बसोबास गर्ने सबै समुदायको पुख्र्यौली पेशा मानिएको भेडापालन हालैका वर्षमा क्रमशः घट्दै गएको छ ।

सामुदायिक वनको आफ्नै किसिमका नीतिनियमका कारण व्यवसायमा असर पर्न थालेको हो । ऊनको प्रयोग पनि घट्दै गएको व्यवसायी बताउँछन् ।

सामुदायिक वन उपभोक्ता समितिले भने समुदायले संरक्षण गरेको वनमा हुलका हुल भेडाच्याङ्ग्रा चराउँदा विनाश गर्न थालेपछि अधिकांश ठाउँमा चरिचरनमा रोक लगाउनुपरेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com