ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय सङ्कटमा


admin
मंसिर १४, २०७५ शुक्रबार  ४ : ५१ बजे

बझाङ, १४ मङ्सिर । चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय सङ्कटमा परेको छ । जिल्लाका सुर्मा, साइपाल, तल्कोट, मष्टा, छविसपाथेभेरी दुर्गाथलीगाउँपालिका र बुङगल नगरपालिकाका अधिकांश ठाउँका स्थानीयको प्रमुख पेशाका रुपमा रहेको भेडापालन व्यवसाय चरन क्षेत्रको अभावले सङ्कटमा पर्न थालेको हो ।

वर्षभरि लेकबेंसी गरेर भेडापालनको व्यवसायका लागि रहेको सामुदायिक वनको नाममा स्थानीयले अनावश्यक दुःख दिन थालेपछि परम्परादेखि गर्दै आएको व्यवसाय सङ्कटमा पर्न थालेको हो ।

चरनका लागि माथिल्लो क्षेत्र खुला हुने भए पनि तल्लो क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नुपरेको भेडापालकको गुनासो छ ।पछिल्लो समयमा जिल्लाका विभिन्न ठाँउमा स्थानीयले वन संरक्षणका नाममा चरिचरन गर्न नदिएपछि समस्या आएको हो ।

परापूर्वकालदेखि भेडा चर्ने, हिँड्ने र बास बस्ने ठाउँमा स्थानीयले अवरोध गर्न थालेपछि जिल्लाको काँडा, मेलबिसौना, रिलु, मष्टा, कैलास, गडराय, दहबगर, सैनपसेलालगायतका ठाउँका करीब ४५० परिवारले पालेका ४० हजारभन्दा बढी भेडाच्याङ्ग्रालाई चरन सङ्कट भएको छ ।

साइपाल हिमालदेखि डोटीसम्मको यात्राका क्रममा आफूहरु धेरै ठाउँमा लुटिने, कुटिने र ठगिने गरेको काँडाका घुरन बोहराले बताउनुभयो । “सामुदायिक वनमा भेडा चराएवापत शुल्क तिर्नुपर्छ भनेर सामुदायिक वनका पदाधिकारी भन्छन्, उनीहरुले भनेको नमान्नु भएन सधैँ पैसा तिर्न सकिँदैन, पैसा तिर्न नसक्दा भेडा उठाएर लैजाने गरेको छ”,उहाँले भन्नुभयो ।

यसरी पैसा तिर्दै जाने हो भने वर्षभरिमा कमाइएको आधा हिस्सा सकिने भेडापालकको गुनासो छ । अब यो व्यवसाय छोड्नुभन्दा अर्को विकल्प नभएको साइपाल गाउँपालिकाका मनबहादुर महतले बताउनुभयो । चरन क्षेत्रको अभावसँगै युवा पनि यस पेशामा आकर्षित नहुँदा पनि यस्तो समस्या आएको उहाँको भनाइ छ ।

युवाको वैदेशिक रोजगारतर्फ आकर्षण बढ्न थालेपछि झन समस्या थपिएको छ । पहिलेपहिले भेडा हेरालु सहजै पाइन्थे आजकाल महीनाको रु १५÷२० हजार दिन खोज्दा पनि मानिस पाइँदैन । हिउँदको समयमा हिमाली क्षेत्रमा हिउँ पर्ने भएकाले भेडाच्याङ्ग्रालाई बेँसी झार्नुपर्ने बाध्यता हुन्छ ।

बिरानो ठाउँमा भेडाबाख्रा चराउँदा राति बास बसेको ठाउँमा ढुङ्गा हान्ने, मदिरा खाएका समूह आएर दुःख दिने गरेको अर्का भेडापालकको दुखेसो छ । साइपाल गाउँपालिकामा मात्र करीब ३६३ परिवार छन् जसमध्ये २५० भन्दाबढी भेडापालन व्यवसायमा संलग्न रहेको स्थानीय गोरख बोहराले बताउनुभयो ।

“केही वर्षअघि एक जनाले ४५० देखि २०० भन्दाबढी भेडापालन गर्दै आइरहेका थियौँ, तर अहिले चरन क्षेत्रको अभाव हुँदा मुस्किलले ५०-६० भेडा पालेको छौ,” उहाँले भन्नुभयो । यहाँका हिमाली क्षेत्रमा बसोबास गर्ने सबै समुदायको पुख्र्यौली पेशा मानिएको भेडापालन हालैका वर्षमा क्रमशः घट्दै गएको छ ।

सामुदायिक वनको आफ्नै किसिमका नीतिनियमका कारण व्यवसायमा असर पर्न थालेको हो । ऊनको प्रयोग पनि घट्दै गएको व्यवसायी बताउँछन् ।

सामुदायिक वन उपभोक्ता समितिले भने समुदायले संरक्षण गरेको वनमा हुलका हुल भेडाच्याङ्ग्रा चराउँदा विनाश गर्न थालेपछि अधिकांश ठाउँमा चरिचरनमा रोक लगाउनुपरेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com