ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइएसविएन नम्बर अब अनलाइनबाट


admin
मंसिर १४, २०७५ शुक्रबार  १२ : ५४ बजे

काठमाडौं,१४ मङसिर । अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर’ (आइएसविएन) लिन त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा आउनु नपर्ने भएको छ ।

पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीले अनलाइनबाट नै फारम भरी नम्बर लिन सकिने भएपछि अब काठमाडौँ आउनु नपर्ने भएको बताउनुभयो । यसअघि लेखकले आइएसविएन नम्बर लिन केन्द्रीय पुस्तकालय आउनुपर्ने थियो ।

अनलाइनबाट फारम भरेपछि आइएसविएन प्राप्त गर्नका लागि लाग्ने शुल्क बैंकबाट पठाउनुपर्नेछ ।

सन् २००० बाट त्रिवि पुस्तकालयले बेलायतको आइएसविएनको प्रतिनिधिका रुपमा नेपालका प्रकाशित पुस्तकलाई आइएसविएन प्रदान गर्ने गरेको छ । उहाँका अनुसार अहिले त्रिविमा करीब ४० हजार पुस्तकले आइएसविएन नम्बर लिइसकेका छन् ।

आइएसविएनका लागि पुस्तकालयले रु ३०० शुल्क लिने गरेको छ । पुस्तकालयले पुस्तक खोज्नका लागि ‘रेडियो फ्रिक्वेन्सी आइडिन्टिफिकेशन अटो सिस्टम’ प्रयोग गर्ने भएको छ । पुस्तकालय प्रमुख अधिकारीले धेरै पुस्तक हुँदा व्यक्तिले खोज्न समस्या भएकाले उपयुक्त प्रणालीका माध्यमबाट प्रयोग गरिने यन्त्रले पुस्तक खोज्ने बताउनुभयो ।

पुस्तकालयका हरेक किताबमा डिजिटल चिप्स राखिएको हुन्छ र किताब खोज्नका लागि रेडियो सेन्सरशीप यन्त्र प्रयोग गरिन्छ । उक्त यन्त्रले कुन किताब कहाँ छ भनेर चिप्सका आधारमा खोज्ने पुस्तकालय प्रमुख अधिकारीले बताउनुभयो ।

पुस्तकालयले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उक्त यन्त्रको प्रयोग गरी पुस्तक खोज्ने छ । त्रिविले यही वर्षदेखि उक्त यन्त्र प्रयोग गर्ने तयारी गरेको छ । अहिले पुस्तकालयमा करीब चार लाख पुस्तक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

पेट्रोल र डिजेलको भाउ घट्यो: खाना पकाउने ग्यासको बढ्यो

सम्बन्धित

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण गरिँदै

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

गाडीको साँचो, लाइसेन्स वा ब्लुबुक नखोस्न ट्राफिक प्रहरीका नाममा निर्देशनात्मक आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com